जनमत पार्टीका अध्यक्ष डा सिके राउतले पर्सा जिल्ला अहिलेको अवस्थामा जनमतमय भएको बताएका छन् ।
बुधवार वीरगंजमा आयोजित कार्यक्रममा उनले आफूले कल्पना गरे अनुसार अहिले पर्सा जिल्ला जनमतमय हुँदै गएको बताए । उनले वर्तमान सरकारको आलोचना गर्दै दुई ठूला
दलले अरू दलहरू नरहने व्यवस्थामा लागिपरेको बताए । अध्यक्ष्F डा राउतले दुई ठूला दलले अहिले दुई दलीय
व्यवस्था बनाउँदै गरेको र त्यसको उदाहरण राजदूत नियुक्तिलाई लिन सकिने बताए ।
उनले राजदूत नियुक्ति समावेशी नभएको बताए । यसैगरी, मधेस प्रदेश सरकारले गरेको मन्त्रिपरिषद् विस्तारको पक्ष्Fमा बोल्दै केन्द्रीय सरकारले जतिवटा मन्त्रालय र मन्त्रीहरू बनाउँदा पनि हुने तर प्रदेश सरकारले मन्त्री बढाउँदा आर्थिक भार हुने भनेर आलोचना गर्नु न्यायोचित नभएको बताए । अध्यक्ष डा राउतले नेपालको संविधान १० वर्षमा बदलिने गरेको र संविधानमा लेखिएका कुराहरू पनि कार्यान्वयन नहुने गरेको भन्दै अधिकारप्राप्तिको लागि सदैव सङ्घर्ष गरिरहनुपर्ने बताए । उनले अहिले आप्mनो कुरा सदनमा नसुन्ने गरिएको र अधिकारको लागि सडकमा आउनुको विकल्प नरहेको बताए ।
अधिकारको लागि नलड्ने हो भने अधिकारविहीन भइन्छ भन्दै उनले अधिकारको लागि सदैव कार्यकर्ताहरूलाई सडक तताउन सुझाए । उनले सङ्घीयताविरुद्ध षड्यन्त्र भइरहेको भन्दै कुनै पनि अवस्थामा सङ्घीयता खारेजीको विरोधमा खडा हुन कार्यकर्ताहरूलाई निर्देशन दिए ।
कार्यक्रममा जनमतका करिमा बेगम, मुकेश द्विवेदी, रम्भा मिश्रलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफको अध्यक्षतामा भएको थियो भने सहजीकरण राजुराज गिरीले गरेका