प्रस, निजगढ, ३० साउन/
निजगढ नगरपालिका–५ स्थित केराबारीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको घटना बाहिर आएको छ ।
मङ्गलवार दिउँसो विद्यालय टिफिनको समयमा करीब एक/डेढ किलोमिटर टाढा रहेको घरबाट कापी लिई साइकलमा विद्यालयतर्पm आउँदै गर्दा एउटै मोटरसाइकलमा सवार दुुईजनाले डर, धम्की देखाइ नजीकैको केराबारीमा लगी जबरजस्ती करणी गरेको पीडित बालिकाले प्रहरीलाई बताएको र घटनाको प्रारम्भिक अनुसन्धानबाट पनि देखिएको इलाका प्रहरी कार्यालय, निजगढका
प्रहरी निरीक्ष्Fक सुमित कुुशवाहाले बताए ।
अस्पतालमा पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्दा जबरजस्ती करणी भएको अस्पतालले जनाएको प्रहरीले जनाएको छ । बालिकाले आफूमाथि भएको घटनाबारे अभिभावकलाई बताएपछि तत्कालै प्रहरी कार्यालयमा घटनाबारे जानकारी गराइएको थियो ।
प्रनि कुुशवाहा नेतृत्वको प्रहरी टोली घटनामा संलग्न अभियुुक्तहरूको खोजी कार्यमा सक्रिय भएपछि घटनामा संलग्न सोही वडाका एक युुवकलाई मङ्गलवार र निजगढ नपा–४ बागदेवका अर्का युुवकलाई बुधवार राति नियन्त्रणमा लिई अनुसन्धान शुरू गरिरहेको प्रनि कुुशवाहाले जानकारी दिए । घटनामा संलग्न ती युुवाहरू लागूू पदार्थ दुव्र्यसनी रहेको प्रनि कुशवाहाले बनाए ।