प्रस, वीरगंज, ३० साउन/
नेकपा एमाले पर्सा जिल्ला कमिटीमा पाँचजना सदस्य मनोनीत भएका छन् ।
साउन २८ गते सम्पन्न तेस्रो विस्तारित बैठकले पाँचजना सदस्य जिल्ला कमिटीमा मनोनयन गर्नुका साथै निर्वाचन क्षेत्र समन्वय कमिटी, सचिवालय कमिटी, विभागीय जिम्मेवारी र जनवर्गीय सङ्गठनको जिम्मेवारी तोकिएको सचिव महेश दासले बताए । जिल्ला कमिटीमा मनोज कुशवाहा, ओमप्रकाश गुप्ता, वीरेन्द्र साह कानू, नरेश टिबडेवाला र श्याम गुप्ता मनोनयन भएका छन् । निर्वाचन क्षेत्र समन्वय कमिटीमा क्षेत्रगतरूपमा क्रमशः मानदेव हजरा, मनोज कुशवाहा, फरमान मियाँ र मदीस मियाँ छन् । यसैगरी, विभागीय जिम्मेवारीमा जनसङ्गठन विभाग प्रमुख मनोज गुप्ता, सङ्गठन विभाग प्रमुख महेश दास, प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रेस चौतारी नेपालको इन्चार्ज पवन तिवारी, स्थानीय विभाग प्रमुख प्रदीप चौरसिया, शिक्षा तथा मानव स्रोत विभाग प्रमुख गोकुलीकुमारी रेग्मी, युवा तथा खेलकूद विभाग प्रमुख दीपेश नेपाल, स्कूल विभाग प्रमुख अफजल हुसेन, श्रम तथा रोजगार विभाग प्रमुख सुनील चौरसिया, सहकारी विभाग प्रमुख हरेराम पटेल, खानेपानी तथा सरसफाइ विभाग अर्जुन श्रेष्ठ, जनवर्गीय सङ्गठनमा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ इन्चार्ज खड्गबहादुर श्रेष्ठ, नेपाल खेलकूद महासङ्घ इन्जार्ज भूमि अधिकार तथा श्रमिक सङ्गठन इन्चार्ज उषा चौधरी, पिछडा वर्ग महासङ्घ इन्चार्ज सुरेश सहनी र टे«ड युनियन इन्चार्ज गीता भण्डारीलगायत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here