प्रस, जनकपुरधाम, २८ साउन/
बाढी प्रभावितका लागि सङ्घीय सरकारद्वारा सञ्चालित खाद्य तथा पोषण सुरक्षा कार्यक्रम मधेस प्रदेशको थप चारवटा स्थानीय तहमा विस्तार भएको छ ।

धनुषा र महोत्तरीका बाढी प्रभावित गाउँपालिकाका गरीब तथा विपन्न किसान परिवारलाई लक्षित गरी कार्यक्रम विस्तार गरिएको हो ।

विश्व बैंकको सहयोगमा सञ्चालित उक्त कार्यक्रम महोत्तरीको सम्सी, सोनमा र धनुषाको बटेश्वर तथा जनकनन्दनी गाउँपालिकामा हाल विस्तार गरिएको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर एकाइ धनुषाका वरिष्ठ कृषि विकास अधिकृत युगलकिशोर तिवारीका जानकारी दिएका छन् ।

विस्तारित पालिकाहरूमा यही साउनदेखि कार्यक्रम शुरू भएको छ । यस अघि धनुषाका मुखियापटी, मुसरनिया, धनौजी एवं महोत्तरीको पिपरा एकडारा गाउँपालिकामा मात्रै कार्यक्रम लागू थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here