प्रस, रौतहट, २८ साउन/

जिल्ला प्रहरी कार्यालय, रौतहटले साउन महीनामा १६ जना फरार प्रतिवादीलाई पक्राउ गरी रौतहट जिल्ला अदालतमा पठाएको छ ।

रौतहट जिल्ला अदालतबाट विभिन्न समयमा दण्ड, सजाय भएपछि फरार भएका १६ जनालाई साउन २७ गतेसम्म पक्राउ गरिएको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताइन् । फरार सूचीमा रहेकामध्ये १६ जनालाई जिप्रका, रौतहट अन्तर्गतको टोलीले विभिन्न मितिमा पक्राउ गरी सजाय भुक्तानका लागि रौतहट जिल्ला अदालतमा पेश गरेको सूचना अधिकारी गिरीले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here