प्रस, परवानीपुर, २८ साउन/
नेपाल वादो काई कराँते सङ्घ, बारा जिल्ला कार्यसमिति पुनर्गठन गरिएको छ । निजगढ–९ पिलुवास्थित शीतलस्थानमा भएको भेलाले जगतसिंह तामाड्ढो अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्ष फनबहादुर नेपाली, सचिव दिनेश त्रिपाठी, सहसचिव कुमार चौलागाईं, कोषाध्यक्ष कुमार थिङ र सहकोषाध्यक्षमा सीमा ठकुरी छन् भने सदस्यहरूमा कुबेरराज भारती, श्यामसुन्दर चौधरी र सुनीता खड्का रहेका छन् । नेपाल वादो काई कराँते मधेस प्रदेशका अध्यक्ष गोवर्धन खड्काको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष दिनेश लामा र सचिव दीपकुमार खड्काको आतिथ्यमा भएको भेलाले जिल्ला कार्यसमिति पुनर्गठन गरेको हो ।