माछा खादा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर बिरामी भएका छन् ।
सिम्रौनगढ नगरपालिका–७ टोल झवानी निवासी नरेश रामकी नौ वर्षीया छोरी लालिमा कुमारी रामको निधन भएको छ भने पाँच वर्षीय छोरा कृष्णनन्दन राम र चार वर्षीया छोरी पुष्पाकुमारी रामको उपचार वीरगंजस्थित नेशनल मेडिकल कलेजमा भइरहेको छ ।
गएराति उनीहरूले माछा खाएको पीडितका आमाले बताइन् । माछा खाँदा बिरामी भएपछि स्थानीय क्लिनिकमा उपचार सम्भव नहँुदा वीरगंज लगिएकोमा उपचारको क्रममा आज लालिमाको मृत्यु भएको हो । कृष्णनन्दन र पुष्पाको उपचार भइरहेको छ ।