आइतवार साँझ करीब पौने सात बजेको थियो । आइतवारको दिन भारतमा नियमित साप्ताहिक बिदा हुन्छ । आज पनि बिदाको दिन थियो । छोरीका साथीहरूसित क्याम्पस परिसर हेर्न निस्केका थियौं । सबैभन्दा पहिले बाहिरबाट होस्टलको अवलोकन गरिसकेका थियौं । अभिभावकलाई पनि होस्टलमा प्रवेशको अनुमति छैन । म साढे तीन वर्ष पहिले पहिलोचोटि त्यस क्याम्पस परिसरमा डुलेको थिएँ केहीबेर । पहिलोचोटि छोरीलाई पु¥याउन जाँदा अमृता विश्वविद्यालयको स्कूल अफ एग्रिकल्चरल साइन्स भवन र छात्रावास देखेको थिएँ । चार तले छात्रावास र भव्य प्रशासनिक तथा अध्यापन हुने भवन देखेर आश्चर्य लागेको थियो । मुख्य विश्वविद्यालय भने टाढा छ तर कृषिको स्नातक हुने युनिट मात्रको विशालता आफैंमा मेरो लागि आश्यर्चजनक थियो । कृषिको विद्यार्थीलाई प्रयोगात्मक गराउन कतै ४५ एकड जमीन पनि छ भन्ने सुनेको थिएँ, करीब दश मिनेटको दूरीमा ।
मौसम एकदम ठीक छ । कतै नजीकै मयुर कराएको सुनिन्छ । ठूलो हल अगाडि बसेर केहीबेरदेखि मोबाइल चलाइरहेको थिएँ । सालो बन्टी गुप्तालाई भन्छु–हामी घर बनाउँदा विचार गर्छौं कि यतिमा एउटा कोठा बन्छ, यहाँ कति धेरै जमीन घर अगाडि खाली छाडिएको रहेछ । पछि यसै घरलाई देखाएर छोरीले भनी–यो हाम्रो कार्यक्रम हुने हल हो ।
करीब एक घण्टा पहिले पुगेको थियौं त्यहाँ । कोयम्बटूर पुगेको त बुधवार नै हो । बुधवार दिउँसो करीब साढे दुई बजे कोयम्बटूर अन्तर्राष्ट्रिय विमानस्थलमा छोरीसित भेट भएको हो । कोयम्बटूर चाहिं तमिलनाडु प्रान्तको दोस्रो ठूलो शहर हो । यहाँ बिएस्सी (एजी)मा छोरीको पढाइ अन्तिम चरणमा छ । भारत सरकारले दिने छात्रवृत्तिमा छोरीले पढ्न पाएकी हो । बुधवार यहाँ आएपछि साँझ घुम्न निस्क्यौं । बिहीवार दिउँसो मूल क्याम्पस । शुक्रवार रामेश्वरम् दर्शन गरी श्रीलङ्काको सबैभन्दा नजीकको गाउँसम्म घुम्यौं । शनिवार मदुरैस्थित मीनाक्षीमन्दिर डुल्यौं । आज आइतवार बिहानै केरला प्रदेशको एउटा पर्यटकीय स्थल घुमेर अघि भर्खर कोयम्बटूर फर्केका छौं । लामो समयपछि छोरीसित पाँच दिन बितेको छ । अबको दुई हप्तापछि छोरीको पढाइ सकिने पक्का सूचना छ । आज २० साउन २०८० (४ अगस्त २०२४) हो र १६ अगस्तको दिन विश्वविद्यालयले बिदाइ कार्यक्रम राखेको म्यासेज आएको सुनिएको छ ।
भिनाजु र सालो करीब एक घण्टा अलमल गरी यताउति घुमिरहन्छौं । छोरी रिया गुप्ता, आमा रेणु गुप्तालाई लिएर छात्रावास गएकी छन् । फर्कंदा सबै साथी सँगै लिएर आउँछिन् अनि डुल्ने प्रस्ताव गर्छिन् । त्यसैले हाम्रा पाइला अगाडि बढेका थिए ।
विशाल कम्पाउन्डमा मूल बाटोतिर अगाडि बढ्दै गर्दा आँखा अगाडि आइपुग्यो अङ्गुरको झ्याङ । छिप्पिएको त होइन तर झुप्पाझुप्पा भएर फलेको अङ्गुरको लहरासित एकछिन संवाद ग¥यौं । भर्खर रोपिएका लहरा भएकाले झFँगिंदै रहेछन् । झाँगिंदै गरेका बिरुवाले पनि आफ्नो कर्म गर्न किन छाड्थे र १ पूmलहरू फुलेका थिए, फलहरू लाग्दै थिए । गर्मी ठाउँ भएकोले फलको स्वाद कस्तो हुने हो भन्ने आशङ्का छ सबैमा । तर आजभोलि अनेक विधि अपनाएर बेमौसमी फल, कुठाउँमा पनि उब्जाउन थालिएको छ ।
अध्यापन हुने मुख्य भवनहरू हेर्दै अर्को बाटो लाग्यौं । अनेक भवन छन् । सबैभन्दा ठुलो र आकर्षक प्रशासनिक भवन हो । तर, यसमा खासै केही नहुने गरेको बुझियो । कहिलेकाहीं कोही आउँदा त्यस भवनमा चहलपहल हुन्छ, अन्यथा त्यस भवनमा केही नहुने गरेको बुझियो । बुझियो किन भनिरहेको छु भने छोरीका साथीहरू विभिन्न मातृभाषी छन् । कोही तमिल बोल्छन्, कोही तेलगु, कोही मलयालम । एकजना हिन्दी बोल्ने पनि छिन् । एकजना भैरहवाकी अवधिभाषी तर आज उनी कतै गएकी छिन् । विभिन्न मातृभाषी साथीहरूको संवादको सामान्य भाषा अङ्ग्रेजी छ । एकापसमा मिल्ने साथीहरू भने आआफ्नो मातृभाषामा पनि केही कुरा सिक्ने–सिकाउने गर्दा रहेछन् । अहिले कसैले तमिलमा अङ्ग्रेजी बोलेजस्तो वा तमिलमा हिन्दी बोलेजस्तो गरी हामीलाई बुझाउन खोज्दा त्यत्ति बुझेका हौं । कहिलेकाहीं हिन्दी र कुनै बेला अङ्ग्रेजीमा हामीले पनि फर्काउने प्रयास गरिरहेका छौं ।
भित्रतिर बढिरहँदा छोरीका साथीहरू अचानक गायब हुन्छन् । अगाडिबाट आइपुग्छन् एक सज्जन । हामी चारजना छौं र सम्मुख उनी उभिन्छन् । छोरीले ‘गुड इभ्निङ सर’ भन्दै हाम्रो परिचय गराउँछिन् (बुबा, आमा र मामा । अनीति सज्जनतिर हेर्दै भन्छिन्–‘आवर डिन सर’ । हामीले एकसाथ दुवै हात जोडेर अभिवादन ग¥यौं । ती सज्जनले अभिवादन स्वीकार गरे, फर्काए । अनि आप्mनो नाम बताए (आइ एम डा. सुदीशमनालील । मैले सम्झें– छोरीको प्रयोगात्मक गतिविधिहरू समेटेर केही समाचार प्रकाशित गर्नु थियो । त्यति बेला उनको नाम जोडेर नेपाल र अमेरिकाका केही वेबसाइट अर्थात् अनलाइन पत्रिकामा समाचार लेखेको थिएँ । केही संवाद अङ्ग्रेजीमा ग¥यौं । उनलाई छोरीको नाम थाहा रहेछ । आनीबानी थाहा रहेछ । पढाइको बारेमा थाहा रहेछ । र, नेपालबाट गत वर्ष उत्तीर्ण गरेकी एक छात्राको बारेमा पनि सम्झना रहेछ । काठमाडौंकी ती छात्राले एमएस्सी पढ्नको लागि अमेरिकामा ट्राई गरिरहेको कुरा पनि खुशीसाथ सुनाए । अत्यन्त भद्रतापूर्वक तिनले छोरीलाई उच्च अध्ययनको लागि सुझाव दिए । कता जान निस्केका थिए कुन्नि १ नाइस टू मिट यू, थ्याङ्क्यू–भन्दै अभिवादनको भारी हात हलुकोसित उठाउँदै अगाडि बढे । हामी विपरीत दिशातिर अगाडि बढ्दै उनी गएको दिशासित हे¥यौं । छोरीका साथीहरू उनैलाई देखेर ओझेल परेका रहेछन्।
डिनप्रतिको उच्च सम्मान वा डिनलाई देखेर विद्यार्थीको मनमा हुने डरको भाव त्यहाँ देख्न पाइयो । सबै विद्यार्थीबारे डिनलाई जानकारी हुनु अत्यन्त फरक विषय थियो हाम्रो लागि । अगाडि बढ्दै जाँदा दुई मिनेटमैं छोरीका साथीहरू दौडेर आए । मैले सोधेको थिएँ– ‘किन लुक्नपुगे साथीहरू ?’
जब डिनलाई सामुन्ने आउँदै गरेको देख्छन् तब कोही अगाडि पर्न चाहँदैनन्, सबैलाई डर लाग्छ बाबा ।
अमृता विश्वविद्यालय कोयम्बटूरमा नेपाली विद्यार्थीहरू पढ्न जाँदा रहेछन् । छात्रवृत्तिमा निकै कम र धेरै विद्यार्थी निजी खर्चमा । सबैभन्दा बढी विद्यार्थी इन्जिनीयरिङ पढ्न त्यहाँ पुग्छन् । कोयम्बटूरका अन्य शैक्षिक संस्थाहरूमा पनि नेपाली विद्यार्थीहरू धेरै छन् । स्तरीय पढाइको लागि त्यहाँ पुग्छन् विद्यार्थीहरू, यही कुरा विद्यार्थीहरूबाट सुनेको हुँ ।
अहिले यही कम्पाउन्डमा मास्टर इन सोसल सर्भिस विषय पनि सञ्चालनमा आएको छ । पहिलो बैचको विद्यार्थीको भर्ना खुलेको छ । अनि यसै कम्पाउन्डमा एसएस्सी (एजी)को पनि पढाइको तयारी भइरहेको छ । भर्खरै विश्वविद्यालयले कृषिसम्बन्धी ठूलो मान्यता प्राप्त गरेको छ । विश्वविद्यालयले एकपछि अर्को सफलता प्राप्त गरिरहेको छ । क्याम्पस र विश्वविद्यालयको प्रगति देखेर मनमा सन्तोषको भाव जाग्छ । सात बज्न दुई मिनेट बाँकी हुँदा छोरीका साथीहरू छात्रावासतिर लाग्छन् । ठीक सात बजे छात्रावासको मूलद्वार बन्द हुन्छ ।
एकछिन ढिलो भयो कि गाली खप्की सहनुपर्छ ।
फेरि भेट हुने विश्वासमा बिदा भए । हामी डुल्न थाल्यौं । विस्मित भएर हे¥यौं, डुल्यौं र करीब आधा घण्टामा हामी पनि फक्र्यांै छात्रावासतिर । महिलाबाहेक छात्रावासमा कुनै पुरुषलाई प्रवेश निषेध छ, त्यहाँ बनाइएको आगन्तुक कक्षमा बसेर केही समय मनका भावना साटासाट ग¥यौं । निक्कै प्यारा छन् छोरीका साथीहरू, छोरीहरू ।