अब आयो मनको पुरानो गाँठो फुकाउने बेला भनेर हामी बिहानै अधिवेशन स्थल पुगेर सबैसँग बिदा भयौं र शुक्ला फाँटा निकुञ्ज घुमेर सुपा देउराली पनि पुगौं भन्ने मनसायले सबैलाई बाईबाई गर्दै छुट्टियौं । तर भनेजस्तो कहाँ हुन्छ र १ उपाध्यक्ष शारदा चन्दले पहिले नाश्ता अनि बिदाबारी भनेर निकै जोड गर्दा मेजबानको मन राख्नका लागि भए पनि कुर्नै प¥यो । कसैगरी कार्यक्रम स्थलबाट फुत्केपछि सल्लाह भयो, महाकाली पुल पनि किन नहेर्ने ? खासै टाढा छैन र गर्नु पनि खास केही छैन । अनि हाम्रो पहिलो यात्रा सोझियो महाकाली, नेपाल–भारत सीमान्त नदी, जसका बारेमा नेपाली मनमा गुनासैगुनासा छन् । महेन्द्रनगरबाट आधा घण्टा जति हिंडेपछि नेपाली भूभागमैं भारतीय कस्टम अफिस, उनीहरूका राइँदाइँ हेर्न पाइयो । आप्mनै भूभागमा भारतीय सुरक्षा चौकी पार गर्न विभिन्न विद्युतीय उपकरण तथा मानवीय खोजतलाशको कैयौं भङ्गाला तर्नुप¥यो । अन्ततः पुलमा पुग्यौं । गाडी त पर भारतीय अतिक्रमित क्ष्Fेत्रमैं छाड्नुपरेको थियो । झन्डै एक किलोमिटरजति हिंडेर पुगिएको पुल र पुल पनि आधा किलोमिटर नै लामो मलाई निकै सकस भयो । किनभने यसै बेला मेरो घुँडाले दुःख दिन थालेको थियो । मुखले ऐøया–आत्था केही नभनेर भित्रभित्रै दुःख खेप्दै पुलपारीसम्म पुगेर भारतको रमणीय भागको अवलोकन ग¥यौं । भारतले पानीको मामिलामा कति शोषण गरेको रहेछ भन्ने कुराको खासै अर्थ अब लाग्न छाडेको छ, गण्डक र कोशी नहर भएर आउँदा–जाँदा भोगिसकेको कुरा हो ।
त्यहाँबाट फर्केर शुक्लाफाँटातिर लाग्यौं । विभिन्न ठाउँ घुम्ने हतारोमा शुक्ला फाँटा निकुञ्ज जाने बाटो सोध्नै बिस्र्यौं र निकै भौंतारिएपछि बल्ल गन्तव्य पुग्यौं । अन्तर्राष्ट्रियस्तरमा चर्चा पाएको शुक्ला फाँटा पुग्न ठाउँ–ठाउँमा सङ्केत चिह्नसम्म बनाइदिएका रहेनछन् । निकुञ्ज घुम्न टिकट काट्ने ठाउँ पुग्दा केही अमिल्दा फरमाइश पूरा गर्नुपर्ने सुनेपछि कार्यालयमा गएर वार्डेनसितै भेटौं भन्ने सल्लाह भयो र उतै लाग्यौं । संयोगले वार्डेन बाहिर गएका रहेछन् । वार्डेन मुनिका अधिकारी भेटिए । उनी पर्सा जिल्लाकै रहेछन् । तर आप्mनै जिल्लाका मानिसलाई भेट्दा जुन उत्फुल्लता हुनुपर्ने हो, त्यो उनमा देखिएन । तर उनले के सल्लाह दिए भने निकुञ्ज घुम्नुको पहिलो उद्देश्य हो, जङ्गली जनावर हेर्नु । अहिले झन्डै ११ बजिसकेको छ, गर्मीको यस बेला जनावरहरू बाहिर निस्कँदैनन् । हामीलाई पनि होजस्तै लाग्यो । तर महेन्द्रनगर पुगेर पनि शुक्ला फाँटा नघुमेको भनेर गिल्ला गर्लान् भनेर फोटो खिच्ने–खिचाउने सोख नभएको मलाई पनि शुक्ला फाँटा कार्यालयछेउमा राखिएका विभिन्न सूचनामूलक बोर्डहरूको अगाडि उभिएर फोटो खिचाउन बाध्य हुनुप¥यो ।
हिन्दीमा एउटा उखान छ–लौट के …घर को आए । हामी फक्र्यौं । अब कसैगरी छिटो फर्कौं र सुपा देउरालीको योजना बनाऔं भन्ने थियो । योजना त बनेकै थियो, किनभने यसपालि अत्तो थाप्ने कोही थिएन । सुर त थियो, सकभर नरपानीको रिसोर्टमा बस्ने । तर त्यहाँको सम्पर्क नम्बर थिएन । छिटो पुगियो भने त्यही गएर पत्ता लगाइएला भन्ने सबैको सोच बन्यो । तर हतारमा पुग्न भनेर लँगौटी कसेर हुइँकिएका पनि होइनौं । बाटोे नेपाली मापदण्डको हिसाले राम्रै थियो । बरु बाटोमा पर्ने विभिन्न निकुञ्ज क्षेत्रमा भने गाडी रोक्नुपर्ने, सीमित गतिमा हिंड्नुपर्ने, अलिकति तलमाथि हुँदा सैनिक जवानहरूको खप्की खानुपर्ने अवस्थाले, त्यो पनि तीन–तीन ठाउँमा निकै सकस भयो । एक ठाउँमा त सडकमा कतै नदेखिएको भीड देखेर के भयो होला भनेर मुटुको ढुकढुकी पनि बढ्यो । कुरा के रहेछ भने कतै एउटी माउ–हात्ती आप्mनो छावा (बच्चा)सँगै रोडमा निस्केकी छे । बच्चा साथमा भएको हुनाले यस्ता माउहरू जथाभावी आक्रामक हुन्छन् । खासगरी मोटरसाइकलहरूको ताँती बढी थियो । हामीलाई भने अगाडि बढ्न बाधा परेन । कुरा के पनि भने कोहलपुर पार गरेपछि र महेन्द्रनगरबाट त्यहाँबाट आउँदासम्म राजमार्गहरूमा यातायातका साधनहरूको जुन घुइँचो देखिन्छ, त्यो त्यस क्षेत्रमा थिएन । फाटफुट मात्र गाडीहरू चलेका देखिन्थे । हो पनि जुन ठाउँको उन्नति–प्रगति नै भएको छैन, त्यहाँ यी साधनहरूको काम नै के ?
अनि त चन्द्रौटा पुग्दा पहिलेको जस्तै राति परिसकेको थियो । अब रात यही वास बस्ने निधो भयो । तर यसपालि एक वर्ष पहिले सुर्खेत जाँदा र फर्कंदा बसेको होटलमा बसेनौं । त्यसले हामीलाई केही नजान्ने ठानेर, हामीले चाहिं देखेजानेको ठाउँ भनेर फर्कंदा पनि बसेको होटलमा राम्रो आतिथ्य पाएनौं । यसपालि बीच बजारमा एउटा अर्कै होटल (विराट ?) मा बस्यौं । होटल पहिलेभन्दा भव्य, किफायती र खाना पनि राम्रो थियो । राति खाना खाएर सुतेपछि भोलिपल्ट बिहान ५ बजे मात्र आँखा उघ्य्रो । अनि त सुपादेउरालीको जात्रा फत्ते गर्ने भनेर सोझियौं, उत्तरतिर । पहाडी बाटो भए पनि राम्रै रहेछ । तर चन्द्रौटाबाट हिंड्न पाएको छैन, पानी त दर्कन पो थाल्यो । मनमा फेरि आशङ्का उत्पन्न भयो । पहाडी बाटो, पानी आजै जति पर्नुछ पर्छ भनेर दर्किरहेको छ, कहीं कतै पहिरोसहिरोले केही करामात त देखाउँदैन १ अगुल्टोले पोलेको … बिजुली देखेर तर्सन्छ भन्ने अवस्था थियो । तर आधा घण्टापछि पानी थामियो र बाटोमा चिया–कफी खाँदै झन्डै डेढ सय किलोमिटर टाढा सुपा देउराली पुग्यौं ।
सुपा देउराली ठाउँको नाम रहेछ । सुपा ठाउँको ठाउँको नाउँ र देउराली भनेको पहाडको कुनै ठाउँमा रहेको समतल र फराकिलो ठाउँ । देउराली साँघुरो थियो । बाटोबाहेक केही मात्र फराकिलो ठाउँ । देवीको मन्दिर रहेको भाग सडकबाहेक १०० जति चौडा र सडकको लहरै दुवैतिर बनेका
घर–टहराहरूको आधा किलोमिटर जति लामो बस्ती । सुपा देउराली भगवतीको निकै ख्याति रहेछ । त्यो दिन त्यति पानी परिरहँदा पनि मानिसहरूको घुइँचो नै लागेको थियो । वरिपरि हरिया पहाडको बीचमा मन्दिर निकै शोभायमान देखिन्थ्यो । केहीले विधिपूर्वक पूजा गरे, म वरपर घुम्न र फोटो खिच्नतिर लागें । झन्डै आधा घण्टाजति देउरालीको आनन्द लिएर फक्र्यौं ।
अब सरासर घर फर्कनु थियो । ढिलो–चाँडोको कुनै द्विविधा थिएन । फर्कंदै गर्दा बाटोमा घोडाघोडी ताल पनि छ भन्ने सुनियो । हामी थाकेर लखतरान थियौं, त्यसैले खासै वास्ता गरेनौं । संयोगले कसैले भन्यो राजमार्गछेउमैं छ । त्यसो भए किन नघुम्ने भन्ने सबैको मन भयो । तर त्यतिन्जेल घोडाघोडी ताल कटिसकेको थियो । पछाडि फक्र्यौं । राजमार्गमा रहेको त्यस्तो रमणीय ठाउँमा सङ्केत–चिह्न पनि नराखेको । महेन्द्रनगरमा पनि त्यस्तै अव्यवस्था देख्दा मानिस आप्mनै सोचले पछाडि पर्छ भन्ने कुरालाई बल पुग्छ । तर होइन रहेछ, सङ्केत बोर्ड त बडेमाको रहेछ, तर ढलेकोले नदेखिने । यो त झन् उदेकलाग्दो कुरा १ गाडी घुमाएर तालको विपरीत साइडतिर उभ्यायौं र राजमार्ग पारी पुग्न पाइएको छैन, तालको अनुहार देखापरिहाल्यो । त्यत्रो गर्मीमा पनि मानिसहरूको चहलपहल, खासगरी युवाहरूको, रमाइलो लाग्यो । भित्रभित्र घुम्दै जाँदा त यो ठाउँ कुनै पनि किसिमले हेला गर्ने खालको रहेनछ । ठूलो ताल, वरिपरि जङ्गलै–जङ्गल, हिंड्नका लागि ज्येष्ठ नागरिक पार्क, वीरगंजमा लगाएकोजस्तो टायल । आहा १ कुनै कल्पनाशील वास्तुकारले देख्ने हो भने कति राम्रो बनाइदिन्थ्यो होला । नेपालमा यस्ता ठाउँको थोरै खर्चमा राम्रो व्यवस्थापन गरिदिने हो भने पर्यटकको के कमी ? तर देश चलाउनेहरू त पर्यटक भनेको गोरो छाला मात्र देख्छन्, आन्तरिक पर्यटन पनि हुन्छ भन्ने कुरा यिनको गिदीमा कसरी छिर्ने १ यसलाई बस्न लायक बनाएर प्रचारप्रसार गर्ने हो भने पोखरा घुम्ने कम्तिमा आधा पर्यटक त यता पनि आउँदा हुन् ।
घोडाघोेडी तालको राम्रो प्रचार र व्यवस्थापन गरिदिने हो भने युवाहरूको खास आकर्षण बन्न बेर लाग्दैन । रमणीयता र आप्mनो नामको सार्थकताले गर्दा । युगल किशोरहरूका लागि त यो सपनाकै ठाउँ बन्नेछ । कुनै समय प्रेम–सम्बन्ध तोड्नै नसक्ने एउटा युगल, घर–समाजको ताडनाले विवश भएर घर छोडेर भागेछ । भागेर जङ्गलको यसै भागमा आइपुग्दा, खान–बस्नको पीर प¥यो । भोकभोकै मर्नु कि परिवारमा फर्केर सम्बन्ध चुँडाउनु भन्ने दोधार पर्दा, बरु सँगै मरौंला भनेर जङ्गलमा भौंतारिइरहेको बेला एकजना सिद्धपुरुष फेला परेछन् । सिद्धपुरुषले सोधेछन्–यहाँ त जनावरहरू मात्र बाँच्न सक्छन् । उनीहरूले जनावर भएरै बाँचौंला, तर छुट्टिन्नौं भनेपछि सिद्धपुरुषले उनीहरूलाई घोडा र घोडी बनाइदिएछन् । यो कथा के भेलेन्टाइन डेभन्दा कम जोरदार छ ? अप्रतिम प्रेमको यो कथा, किम्बदन्ति नै होला, तर सुखद र त्यागको परम उत्कर्षको कथा हो । कुन प्रेमी यस्तो कथाको रचना भएको ठाउँ जान नचाहला ?
घोडा र घोडीमा परिणत भएका युगल प्रेमीको मनले खिचेको फोटो साथमा लिएर हामी आप्mनो बाटो लाग्यौं । मेरो मनमा आजसम्म गडेको कुरा हो, कुनै शिल्पकारले कल्पनाले भए पनि त्यस युगलजोडीको एउटा मूर्ति बनाएर त्यस स्थानमा राखिदेओस् ।
बेलुकापख घर आइपुग्यौं । पाँचौं दिन बेलुकी घरमा पाइला टेक्दा आजभन्दा ५६ वर्ष पहिले त्यस्तै नियती भोगेकी अन्तरङ्गिनीको अनुहार धेरै बेरसम्म हेरिरहें ।