प्रस, परवानीपुर, २४ साउन/

ब्लू डायमन्ड सोसाइटी काठमाडौंको आयोजनामा दुई दिने यौनिक तथा अल्पसङ्ख्यक समुदाय विषयक अभिमुखीकरण तालीम सम्पन्न भएको छ ।

काठमाडौंमा आयोजित तालीममा कोशी प्रदेशबाहेक छवटा प्रदेशबाट छजना र काठमाडौं उपत्यकाका तीनजना गरी नौजना पत्रकारको सहभागिता थियो ।

राष्ट्रियस्तरमा आयोजित अभिमुखीकरण कार्यक्रममा सो समुदायले भोग्नुपरेका समस्या र आगामी दिनमा सामाजिक, आर्थिक र न्यायिक चुनौतीका विषयमा राज्यबाट उपलब्ध गराउनुपर्ने सेवा, सुविधा एवं अधिकारका बारेमा वकालत गरिदिन आग्रह गरिएको थियो । यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई समाजबाट हरेक ठाउँमा अपहेलित हुनुपरेको र अनावश्यक लाञ्छना लगाउने गरिेएकाले यस सम्बन्धमा राज्य जिम्मेवार हुनुपर्ने प्रशिक्षकहरूले सुझाव दिएका थिए ।

तालीममा लिङ्ग, लैङ्गिकता, यौनिक तथा अल्पसङ्ख्यक समुदाय, नेपालको संविधानमा उनीहरूले पाएका अधिकार, थप पाउनुपर्ने अधिकार, नागरिकता,  विवाह, सम्पत्ति हस्तान्तरणलगायत विषयमा बृहत् छलफल भएको थियो ।

ब्लू डायमन्ड सोसाइटीकी कार्यक्रम संयोजक ट्रान्सजेन्टर वुमन पिटरको अध्यक्षतामा भएको कार्यक्रममा पुष्पा जोशीले प्रशिक्ष्Fण दिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here