पेरिस, २४ साउन/एएफपी
सोमवारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ कांस्यसहित सबैभन्दा बढी ९४ पदकसहित अङ्कतालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अस्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्यान्ड्स र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।
दोस्रोमा चीनले २५ स्वर्ण, २३ रजत र १७ कांस्यसहित कुल ६५ पदक हात पारेको छ भने अस्ट्रेलियाले १८ स्वर्ण, १२ रजत र ११ कांस्य पदकसहित कुल ४१ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी, चौथो स्थानमा रहेको फ्रान्सले १३ स्वर्ण, १७ रजत र २१ कांस्यसहित ५१ पदक जितेको छ भने पाँचौं स्थानमा बेलायतले १२ स्वर्ण, १७ रजत र २० कांस्यसहित कुल ४९ पदक जितेको छ ।
पदक तालिकामा छैटौं स्थानमा रहेको दक्षिण कोरियाले १२ स्वर्ण, आठ रजत र सात कांस्यसहित कुल २७ पदक जितेको छ भने जापान १२ स्वर्ण, छ रजत र १३ कांस्यसहित ३१ पदक जित्दै सातौं स्थानमा रहन सफल भएको छ ।
आठौं स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत र आठ कांस्यसहित कुल २७ पदक जितेको छ भने नेदरल्यान्ड्स नौ स्वर्ण, पाँच रजत र छ कांस्यसहित कुल २० पदक जित्दै नवौं स्थानमा छ । जर्मनी आठ स्वर्ण, पाँच रजत र पाँच कांस्यसहित कुल १८ पदक जितेर शीर्ष १० मध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ । रासस