CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

♦श्रीमन्नारायण

जातीय उन्माद, धार्मिक कट्टरता र राजनीतिमा सेनाको बढ्दो महŒवाकाङ्क्षाले कुनै पनि देशलाई कसरी हिंसा, उन्माद र उपद्रवको दावानलमा हुत्याइदिन्छ, यसको ताजा उदाहरण बङ्गलादेश हो । बङ्गलादेशमा निवर्तमान प्रधानमन्त्री शेख हसिना वाजेदमाथि भ्रष्टाचारको कुनै आरोप थिएन, देशको आर्थिक प्रगति पनि भइरहेको थियो । देशमा लोकतान्त्रिक शासन थियो र सहिष्णुता पनि थियो । सबै धर्मावलम्बीहरू एक अर्कासित मिलेर बसेका थिए । आरक्षणको विषय ताजा होइन । मुक्तिवाहिनी सेनाका सन्तानलाई आरक्षण दिनेसम्बन्धी प्रावधान निकै पुरानो थियो तर शेख हसिना सरकारले यसमा कटौतीको प्रस्ताव पनि ल्याएको थियो जसलाई त्यहाँका सर्वोच्च अदालतले मान्यता दिएन । यसमा पनि प्रधानमन्त्री दोषी थिइनन् तर साढे तीन फिट अग्लो धार्मिक नेता (मौलवी)को हिन्दूविरोधी प्रवचनको निरन्तरताले देशलाई अपूरणीय क्ष्Fति पु¥यायो । निवर्तमान प्रधानमन्त्री शेख हसिना ज्यान जोगाउन भारतमा शरण लिइन् र सम्भवतः उनी रूस अथवा कुनै युरोपेली देशमा शरण लिने सम्भावना छ । नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई त्यहाँको कार्यवाहक प्रधानमन्त्री बनाइएको छ तर परिस्थिति यति चाँडै नियन्त्रणमा आउने सम्भावना देखिंदैन । बङ्गलादेश पनि पाकिस्तान, अफगानिस्तान र श्रीलङ्काकै बाटोमा जाने हो छ भने त्यसमाथि दयामात्र गर्न सकिन्छ । अल्पसङ्ख्यक हिन्दूलाई उत्पीडन गरेर न श्रीलङ्का स्वीटजरल्यान्ड बन्न सक्यो, न अफगानिस्तान र न पाकिस्तान नै । प्रतिक्रान्तिले पश्चगमनतिर नै डो¥याउँछ, अग्रगमनतिर होइन ।

सन् १९४७ मा मुस्लिम लीगका नेता मोहम्मद अली जिन्नाले मुसलमानहरू भारतका हिन्दूहरूसित मिलेर बस्न नसक्ने भन्दै मुसलमानहरूको निम्ति छुट्टै देश पाकिस्तानको माग गरे । हिन्दूहरूको निम्ति भारत र मुसलमानहरूको निम्ति पाकिस्तान देश बनाइयो तर भारतले भने आप्mनो देशमा मुसलमानहरूलाई हिन्दूकै जति नै अथवा कतिपय मामिलामा हिन्दूभन्दा पनि बढी अधिकार दियो जबकि पाकिस्तानमा हिन्दूहरूलाई मतदानको अधिकार पनि प्राप्त भएन, केवल संसदमा केही सिट छुट्याइयो । धर्मको नाममा भारतबाट पाकिस्तानको गठन त भयो तर भाषाको सवालमा आएर ऊ फस्यो । पूर्वी पाकिस्तान (बङ्गलादेश)का बङ्गालीहरूले उर्दू भाषाको अनिवार्यतालाई स्वीकार गरेनन् र आप्mनो निम्ति मातृभाषा बङ्गलाको राजकीय मान्यताको माग गरे ।

सन् १९४८ मा मोहम्मद अली जिन्नाले ढाकाको एउटा जनसभामा उर्दू भाषाको अनिवार्यताको कुरा उठाउँदा स्थानीय छात्रहरूले सभाको विरोध र बहिष्कार गरेका थिए । सैनिक शासक जनरल अयुब खानले पनि उर्दू भाषालाई राष्ट्रभाषाको रूपमा स्वीकार गर्न आदेश गर्दा बङ्गाली छात्रहरूले चर्को आन्दोलन गरेका थिए । सन् १९५२ को फेबु्रअरी २१ मा ढाकामा छात्रहरूले बङ्गलाभाषालाई राष्ट्रभाषा बनाउने माग गर्दै चर्को प्रदर्शन गर्दा सेनाको गोली लागेर दर्जनौं छात्र शहीद भएका थिए । संयुक्त राष्ट्र सङ्घले त्यस वर्षदेखि २१ फेब्रुअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रूपमा मनाउने गरेको हो । छात्रहरूको आन्दोलनमार्पmत नै शेख मुजिबुर रहमानले बहुमत प्राप्त गरेका थिए तथा एकीकृत पाकिस्तानको प्रधानमन्त्री बन्न नपाएपछि बङ्गलादेशको निर्माणमा लागे ।

सन् १९७२ मा बङ्गलादेशको निर्माण भयो । संस्थापक भएका नाताले उनले बङ्गलादेशको लागि एउटा मार्गचित्र तयार गरे जसमा बङ्गलादेशलाई लोकतान्त्रिक, सहिष्णु र धर्मनिरपेक्ष देश बनाउन चाहन्थे तर पाकिस्तानलाई यो मन परेको थिएन र त्यसै बेलादेखि बङ्गलादेशलाई कमजोर बनाउन चाहन्थ्यो । धर्मको तुलनामा बङ्गाली सभ्यता, भाषा र संस्कृतिमाथि गर्व गर्ने त्यहाँका नागरिकलाई धार्मिक रूपले कट्टर बनाउने अभियानको थालनी पनि त्यति बेलादेखि नै शुरू भएको हो । आखिर १५ अगस्त १९७५ का दिन प्रधानमन्त्री शेख मुजिबुर रहमानको हत्या केही सैन्य अधिकारीहरूद्वारा गराइयो । त्यतिमात्र होइन, शेखका पारिवारिक सदस्यहरूको समेत हत्या गरियो । उनका छोरीहरू शेख हसिना वाजेद र शेख रेहाना जर्मनीतिर शरण लिए । उनको ठाउँमा मुस्ताक अहमद खाण्डेकर प्रमुख शासक बनाइए । सेप्टेम्बर १९७५ मा उनी प्रमुख बनाइए तर ३ नोभेम्बर १९७५ मा सैनिक विद्रोहमार्पmत खालिद मुशर्रफले आपूmलाई प्रमुख शासक घोषित गरे । त्यसको चार दिनपछि नै शेख जियाउर्रहमान राष्ट्रपति शासक पनि भए । उनले खालिद मुशर्रफलाई नजरबन्द गरे ।

जनरल जियाउल हकले बिएनपी पार्टी गठन गरे । बहुदलीय व्यवस्थालाई पनि महŒव दिए तर सन् १९८१ को ३० मेमा उनका आधा दर्जन अङ्गरक्ष्Fकसहित उनलाई पनि झुन्ड्याइयो । भनिन्छ उनको शवयात्रामा २० लाख जति मानिस सामेल थिए । जनरल जियाउल हकको ठाउँमा लेप्mिटनेन्ट जनरल हुसैन महम्मद इरशादले सत्ता कब्जा गरे र विभिन्न दाउ गरेर आठ वर्षसम्म शासन चलाए । तात्पर्य यो कि बङ्गलादेशको राजनीतिमा सेनाले कब्जा गर्ने परम्परा नयाँ होइन । यसपटक पनि निवर्तमान प्रधानमन्त्री शेख हसिना वाजेदका खास नातेदार र हाल त्यहाँका प्रधान सेनापति बकारुजम्माले सत्ता कब्जा गर्ने चाहना राखेका भए पनि त्यहाँका छात्रहरू बेगम खालिदा जियाका अध्यक्ष सेनापतिलाई अन्तरिम प्रधानमन्त्री बनाउने पक्षमा छैनन् । त्यहाँका सैनिक शासक स्वयं अथवा खालिदा जियालाई प्रधानमन्त्री बनाउन चाहन्छन् जबकि छात्रहरू भने अर्थशास्त्री र नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम प्रधानमन्त्री बनाउन चाहन्छन् । अब त त्यहाँको राजनीतिमा धार्मिक समूह जमाते इस्लामीले पनि आप्mनो भाग खोज्नेछ । जमाते इस्लामी पनि बेगम खालिदा जियालाई नै अन्तरिम प्रधानमन्त्री बनाउन चाहन्छन् ।

यसपटकको छात्र आन्दोलनमा व्यापकरूपमा घुसपैठ भएको थियो र छात्रहरूको सभालाई धार्मिक नेताले सम्बोधन गर्ने गर्दथे । धार्मिक नेताको सम्बोधन अल्पसङ्ख्यक विरोधी र त्यो पनि खासगरी हिन्दूविरोधी हुने गर्दथ्यो । घृणा यति हदसम्म थियो कि बङ्गलादेश क्रिकेट टीममा विकेटकिपर ब्याट्समैन लिटन दासको घरमा समेत आगो लगाइयो । नोबेल पुरस्कार विजेता कवि र साहित्यकार रवीन्द्रनाथ टैगोरको मूर्तिलाई समेत ध्वस्त पारियो जसले सोनार बङ्गला (सुनको बङ्गलादेश) भनेर गीत लेखेका थिए । बङ्गाली गायक राहुल आनन्दको १४० वर्ष पुरानो घरमा लुटपाट र आगजनीको घटना गराइयो । निवर्तमान प्रधानमन्त्री शेख हसिनाको चरित्र कथामा तयार पारिएको फिल्म निर्माता सलीम खान र अभिनेता शान्तो खानलाई पनि कुटपिट गरियो । अनेकौं मन्दिर ध्वस्त पारिए, हिन्दूहरूको घरमा आगो लगाइयो तर त्यहाँका राजनीतिक दलहरूले शान्तिको अपील पनि गरेनन् ।
बाङ्गलादेशको आन्दोलन त्यहाँका सेना, धार्मिक कट्टर समूह र शेख हसिना विरोधी राजनीतिक दलहरूको षड्यन्त्रको परिणाम थियो । जसलाई मलजल गर्ने काम विदेशबाट भएको आरोप शेख हसिनाका सुपुत्रले लगाएका छन् । उनले अमेरिका र चीनको नाम लिएका छन् । भनिन्छ शेख हसिना सरकारले १० हजार मेगावाटको टिस्टा जलविद्युत् परियोजनाको निर्माणको जिम्मा चीनलाई नदिई भारतलाई दिएको कारण चीन उनीसित रिसाएको थियो र शेख हसिनाको चीन भ्रमणमा उनलाई खासै महŒव दिएको थिएन । हुनत अमेरिका पनि शेख हसिनासित रिसाएको चर्चा अन्तर्राष्ट्रिय वृत्तमा नचलेको होइन ।

बङ्गलादेशमा भएको सरकारविरोधी यो आन्दोलन क्रान्ति होइन, प्रतिक्रान्ति हो । आर्थिक प्रगति र समृद्धिको दिशामा बढिरहेको एउटा लोकतान्त्रिक देशलाई अधोदिशामा लानु प्रतिक्रान्ति हो । एउटा कुशल अर्थशास्त्री, कुशल शासक पनि बन्न सक्छ भन्ने ग्यारेन्टी हुँदैन । कथम् कदाचित बेगम खालिदा जिया सत्तामा आइन् भने देश अग्रगमन होइन पश्चगमनतिर जानेछ । इस्लामिक कट्टरताका कारण अफगानिस्तान, इरान, इराक, सिरिया, पाकिस्तानलगायत देशहरूले मूल्य चुकाइसकेका छन्, चुकाइरहेका छन् । कतिपयले नेपालमा पनि यस्तै होला भनिरहेका छन् तर श्रीलङ्काको घटना पारिवारिक शासन र भ्रष्टाचारको विरोधमा थियो । कोभिडले उत्पन्न गरेको सङ्कटका कारण थियो । बङ्गलादेशमा आरक्षणको विरोध एउटा बहाना थियो । यथार्थमा देशलाई इस्लामिक राष्ट्र बनाउने नियतले भएको हो । नेपालमा कसलाई हटाएर कसलाई ल्याउने ? यस प्रश्नको जवाफ कुनै पनि नेपालीसित छैन । बङ्गलादेशमा शेख हसिनालाई त हटाए, तर सत्तामा कसलाई ल्याउने भन्ने विषयमा कुनै मतैक्यता देखिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here