प्रस, वीरगंज, २१ साउन/
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सोमवार पार्टीका दुर्ई समूहबाट प्रतिनिधित्व हुनेगरी विभागका प्रमुख तोकेका छन् । विधान अनुसार विभागको प्रमुख तोक्ने अधिकार सभापतिलाई छ । महाधिवेशन भएको छ महीनाभित्र विभागलाई पूर्णता दिनुपर्ने व्यवस्था छ । नेकामा ७० वटा विभाग छन् र यस अघि सभापतिले १७ वटा विभागका प्रमुख मात्र तोकेका थिए । आज ३७ वटा विभागका प्रमुख तोकिए पनि अझै १६ वटा विभागका प्रमुख तोक्न बाँकी छ । आज ३७ वटा विभाग प्रमुख तोक्ने क्रममा पर्साका अनिल रूँगटाले ऊर्जा तथा जलस्रोत विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।