प्रस, वीरगंज, २१ साउन/

ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरले सोमवार बाल सुधारगृह बिर्तामा घुम्ती स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

नेशनल मेडिकल कलेज, सामुदायिक आँखा अस्पताल र रूँगटा वेलफेयर सोसाइटी वीरगंज पर्साको सहयोगमा आयोजना गरिएको घुम्ती शिविरको उद्घाटन प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले गरेका थिए । शिविरमा १२५ जना कैदीबन्दीहरूको स्वास्थ्य परीक्ष्Fण गरिएको थियो ।

केन्द्रका अध्यक्ष्F जयप्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल, प्रहरी निरीक्षकद्वय पुष्कर बोगटी, नीता थापा, नेशनल मेडिकल कलेजकी डा इसरत जहाँ, सामुदायिक आँखा अस्पतालका महेशसिंह धामी, डा असफाक अन्सारी, डा सुधाकर झालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here