♦राजेन्द्रप्रसाद कोइराला

“A reader lives a thousand lives before he dies.
George R.R. Martin
यो आलेख शुरू गर्नुभन्दा अगाडि मैले आफ्नो बाल्यकाल, किशोरावस्था र युवा हुँदा कसरी पुस्तक पढ्ने बानी शुरू गरें त।

बाल्यकालदेखि नै हाम्रो टोलमा, जुन आज पनि त्यो संस्कार विराटनगरमा छँदैछ, बाल पुस्तकालय थियो र हामी त्यहाँ विभिन्न ससाना पुस्तकहरू, कमिक्स हरू, गोरखापत्रमा छापिएका कविताहरू वाचन गर्ने गथ्र्याैं । बिस्तारै त्यो बानी एउटा संस्कृति नै बन्यो । विराटनगरमा टोलटोलमा पुस्तकालयहरू हुने गथ्र्यो । त्यसैले हामीमा पढ्ने बानीको विकास भयो । समय बित्दै गयो । एसएलसी सकियो । त्यति बेला छ महीनापछि मात्र परिणाम आउने गथ्र्याे । त्यस बेला हामी साथीहरूको माझमा उपन्यास पढ्ने होडबाजी चल्थ्यो । मुख्यगरी हामी दार्जीलिड्ढा लेखक प्रकाश कोविद, भारतका त्यस बेलाका प्रख्यात उपन्यासकारहरू वेदप्रकाश शर्मा, रञ्जीत सिंह, सुरेन्द्रमोहन पाठक, खुशवन्त सिंह जस्ता प्रसिद्ध लेखकका उपन्यासहरू पढ्ने गथ्र्यौं, जसले गर्दा हामीलाई सृजनशील, तार्किक र नयाँनयाँ विचारहरूको बीजारोपण गर्न ठूलो मदत ग¥यो ।

एक समय थियो, हामी भारतको प्रसिद्ध चलचित्रसँग सम्बन्धित मायापुरी, फिल्मसिटी, स्टारडस्ट जस्ता म्यागजिनहरू अत्यधिक मात्रामा पढ्ने गथ्र्यौं । त्यसपछि अङ्ग्रेजी सिक्ने भूत सवार भयो, अनि ह्यारोल्ड रोबिन्सका उपन्यासहरू खूबै पढियो ।

सानैदेखि बाहिरी पुस्तकहरू पढ्ने बानीले गर्दा समाज, देश, विदेश, संस्कार, संस्कृति, साहित्य, दर्शन आदि बुझ्न साह्रै सजिलो भयो ।

अहिले यो संस्कार हराइसकेको छ । जब व्यक्ति पुस्तक पढ्दैन, भनिन्छ ऊ निर्दयी हुन्छ । मानवीय संवेदनालाई उसले बुझ्नै सक्दैन ।

भौतिकवादी समाजले मानिसलाई यति आकर्षित गरेको छ कि उसले आध्यात्मिक धार नै बिर्सन थालिसकेको छ ।

अब विषय प्रवेशतिर लागौं–
एक दिन चाणक्यलाई उनका एक भक्तले सोधे, “हे चाणक्य १ विष भनेको के हो ?” चाणक्यले सहज जवाफ दिए, “चाहिंदोभन्दा बढी खाए सबै चीज विष हो ।”

मानिसलाई मनोरञ्जन चाहिन्छ । चाहिंदोभन्दा बढी मनोरञ्जनले मानिसलाई भद्दा, रोगी र बेकम्मा बनाउँछ । समयसमयमा लिइने ठीकको मनोरञ्जनका लैबरी भाका हाम्रोलागि अमृतमय ऊर्जा हुन सक्छन् । आवश्यकताभन्दा बढी मनोरञ्जन पनि मानिसको लागि विष बराबर हो । ज्ञान त्यो अमृत हो, जुन जति ग्रहण गरे पनि अपुग हुन्छ ।

हिजोआज आवश्यकताभन्दा बढी मनोरञ्जनले हाम्रो सिर्जनात्मक क्षमतालाई दिनदिनै ¥हास गरिरहेको छ । हामी ज्ञानका लागि लाइब्रेरीभन्दा बढी मनोरञ्जनका लागि लैबरी खोज्ने भएका छौं । भर्चुअल दुनियाँमा उपलब्ध मनोरञ्जनका प्रचुर साधनले हाम्रा नियमित काममा पनि ठूलो व्यवधान खडा गरिरहेको छ । समयतालिका गडबडिएको छ । स्वस्थ र आवश्यक मात्राको मनोरञ्जनले जसरी मानिसलाई मानसिकरूपमा तन्दुरुस्त बनाउँछ, त्यसैगरी आवश्यकताभन्दा बढी मनोरञ्जनको नशाले मानिसलाई लागू पदार्थको वैकल्पिक काम गरिरहेको छ । अब यसबाट मुक्ति खोज्न पनि जरुरी भइसकेको छ ।

पुस्तक नै ज्ञान
कुनै कागजको टुक्रामैं लेखिएको भएपनि ती विषय वा वाक्यको उपयोगिता न्यून वा अधिक होला तर त्यो अनुपयोगी हुँदैन । यद्यपि ती विषय वा वाक्यमा हाम्रो आँखा दौडिन अल्छी गरिदिंदा हामी आफूलाई प्राप्त हुने अमूल्य ज्ञान गुमाउन पुग्छौं । अनि हाम्रो यात्रा अज्ञानताको अँध्यारोमा रुमलिन पुग्छ । त्यसैले ज्ञानप्राप्ति खातिर पुस्तक अध्ययनलाई आफ्नो मनोरञ्जनको माध्यम बनाइए त्यसले आफूलाई ज्ञानपूर्ण बनाउने मात्रै होइन, अरूलाई पनि त्यो ज्ञानको उज्यालो बाँड्न सहयोग पुग्छ । ईसाको दोस्रो शताब्दीको प्रारम्भमा चीनमा कागजको आविष्कार भयो । जर्मन नागरिकजोहनेस गुटेनबर्गले जर्मनीमा सर्वप्रथम सन् १४४० मा आधुनिक छापाखाना आविष्कार गरे । त्यस बेला उनले तीन सय थान बाइबल छापेका थिए । यो नै आधुनिक छापाखानामा छापिएको पहिलो पुस्तक हो । यस अघि बाइबल भेडाको छालामा लेखिएको अवस्थामा थियो । नेपालमा जङ्गबहादुर राणाको समयमा बनेको मुलुकी ऐन आधुनिक छापाखानामा छापिएको पहिलो पुस्तक हो ।

कागज आविष्कार हुनुभन्दा अघि मानिसले ढुङ्गामा खोपेर, छाला, रूखका बोक्रा वा कपडामा लेखेर आफ्नो विचार लेखोटका रूपमा राख्ने गर्थे । माटाका खपडामा पनि लेखेर राख्ने चलन थियो । जेसुकैमा लेखेर राखिए पनि कालान्तरमा ती ज्ञानका स्रोतका रूपमा महŒवपूर्ण भए ।

पुस्तकालयको प्रार्दुभाव
वर्तमान इराकका छेउछाउका प्राचीन शहर सुमेरिया, मेसोपोटामिया र असिरियाका बासिन्दाले सर्वप्रथम काठ वा ढुङ्गाको फेसो आकारको औजारले नरम माटाका खपडामा फेसो आकारको क्युनिफर्म लिपिमा लेख्न थाले । यो लिपिलाई नै मानिसको पहिलो लिपि मानिन्छ । उनीहरूले यो लिपिमा हजारौं थान नरम माटाका खपडामा लेखेर घाममा सुकाए र ती सबै खपडा भविष्यका लागि सङ्ग्र्रह गरिराखे । आधुनिक पुस्तकको प्राचीन प्रारूप पनि ती नरम माटाका खपडा नै हुन् । यो क्रम प्राचीन देशमा ५,५०० इपूदेखि ७५ सम्म चल्यो । माटाका किताबपछि जनावरका छाला, हड्डी, काठ, मैन, बोक्रा, ताडपत्र, भोजपत्र, रेशम कपडा आदिमा लेखिन थालियो ।

संसारमा यसरी पुस्तकालयको परिकल्पना भएको थियो । माटाका खपडा (क्ले–ट्याब्लेट)बाट आज पुस्तकको संसार ई–ट्याब्लेटमा आइपुगिसकेको छ । हिजोआज प्रविधिको वरदानस्वरूप हामी हाम्रो गोजीमा बोक्न मिल्ने मोबाइल फोन सेटमा सयौं पुस्तक बोकेर हिंड्न सक्ने र आवश्यकता परेको बेला जहाँसुकै बसेर पढ्न सक्ने अवस्थामा आइपुगिसकेका छौं ।

हाम्रो देशमा तत्कालीन राजा गीर्वाणयुद्ध वीर विक्रम शाहले विसं १८६९ भदौ वदी ६ रोज ६ तत्कालीन पण्डित केदारनाथ झालाई एक लालमोहर दिएर दरबारमा रहेका पुस्तक सम्हाल्न आदेश दिएका थिए । लालमोहरमा “तिमीले आफ्ना षातिर्जामासीत पुस्तक सबैको संभार गर्नु । विनाहुकुम पुस्तक कसैलाई नदिनु । दरबारमा काम लाग्या पुस्तकको काम चलाऊनु । पुस्तकको तहविल आफ्ना जीम्मा गरी राषनु । असुद्ध भयाको पुस्तक सुद्ध गर्नु । टुट्याफाट्याको लीषाऊनु । मुसा कीरा पानी अरू विगारन्यासीत बचाऊनु । दर्बारमा नभयाको पुस्तकको काम लागन्या छ भन्या दर्बारबाट दाम ली हुकुमबमोजीम लीषाऊनु । कीन्नु । काम जाग्याका पुस्तक हेर्नु । दोई दसमीमा भेटी बोक्या पुस्तकलाई वासा अरू पुजामा चाहिन्या सरजाम ली पुस्तक कोठामा सरस्वतीको पुस्तक सबैको पुजापाठ गर्नु । ऐस कामको षानगी रुपियाँ १२५ सालबसाल तिमीलाई गरी बक्स्यौं,” उल्लेख छ ।

यसरी दरबारिया कागजपत्र सङ्ग्रह र सम्भार गर्ने परम्पराको सुरुआत भएको हो । यो नै नेपालको पुस्तकालय परम्पराको पहिलो सुरुआत थियो । राणाशासनको समयमा वीरशमशेरको नाममा एक पुस्तकालय स्थापना भयो । “वीर पुस्तकालय” भनेर चिनिने यो संस्था कालान्तरमा राष्ट्रिय अभिलेखालयमा परिणत भयो । तत्कालीन जनरल केशरशमशेरको निजी सङ्ग्रहमा रहेका पुस्तकबाट केशर पुस्तकालय सञ्चालनमा आयो भने नायब बडागुरुज्यू हेमराज पाण्डेको निजी सङ्ग्रहमा रहेका पुस्तक सरकारले खरीद गरेपछि त्यसलाई राष्ट्रिय पुस्तकालयमा परिणत गरियो ।

राणा शासक चेतनाको स्रोतका रूपमा रहेको पुस्तक अध्ययनबाट सकेसम्म सर्वसाधारणलाई वञ्चित गर्ने प्रयास गर्थे । भीमशमशेर शक्तिशाली श्री ३ महाराज भएको बेला पुस्तकालय स्थापनाप्रति देखाएको अनुदार व्यवहारले यो कुराको पुष्टि गर्छ । चन्द्रशमशेरको मृत्युपछि विसं १९८६ मङ्सिर १२ गते भीमशमशेर श्री ३ महाराज घोषित भए । उनी सत्तामा आउनेबित्तिकै पुस्तकालय खोल्ने अनुमति माग्ने नेपालका त्यस बेला पढेलेखेका बौद्धिक युवालाई उनले सजाय गरे । त्यतिखेर पुस्तकालय स्थापना गर्ने अभियान चलाएका युवालाई उनले एक एक सय रुपियाँ जरिवाना असुलेर आइन्दा पुस्तकालय खोल्ने प्रयास नगर्ने गरी कागज गराएर उनीहरूलाई मुक्ति दिए । त्यो बेलाको एक सय रुपियाँँ जरिवाना सानो रकम थिएन । यो घटना नेपालको इतिहासमा ‘पुस्तकालय पर्व’ को नामले परिचित छ ।

इतिहासमा अनेकौं व्यवधानमा गुज्रनुपरेको नेपालमा विसं १८६९ मा गीर्वाणयुद्ध वीर विक्रम शाहको लालमोहरलाई पुस्तकालय व्यवस्थापनको सुरुआत मान्ने हो भने पनि हामी कति पछाडि रहेछौं भन्ने यसले स्पष्ट पार्छ । यसरी नेपाली राजाले हस्तलिखित पुस्तकको सङ्ग्रह र सम्भार गर्नु भन्ने लालमोहर जारी गर्नुभन्दा एक वर्ष अघि नै सन् १८११ (विसं १८६८) मा आधुनिक छापाखाना प्रयोग गरेर विलियम कर्कप्याट्रिकले “ए अकाउन्ट अफ किङडम अफ नेपाल” शीर्षकमा नेपालको इतिहासको एक पुस्तक नै प्रकाशमा ल्याइसकेका थिए । यस्तै, नेपालमा हस्तलिखित पुस्तक सम्भारका लागि तत्कालीन राजाले लालमोहर जारी गर्नुभन्दा १२ वर्ष अघि नै अमेरिकामा सन् १८०० अप्रिल २४ मा “लाइब्रेरी अफ कङ्ग्रेस” सञ्चालनमा ल्याइसकिएको थियो ।

पढ्दैनन् आजकालका युवाहरू

हाम्रो देशमा खासगरी युवापुस्तामा पुस्तक पढ्ने बानी हराउँदै गइरहेको छ । उनीहरूको समय पुस्तकमाभन्दा बढी मोबाइललगायतका ग्याजेटमा व्यतीत भइरहेको छ । उनीहरू मोबाइलमा सङ्गीतमा त झुमिन्छन् तर ती सबैजसो विदेशी सङ्गीत हुन्छन् । त्यसो त मोबाइललगायतका ग्याजेटमा पनि विद्युतीय पुस्तक सङ्ग्रह गर्ने र पढ्ने सुविधा छ । कैयौं पुस्तक निश्शुल्क पनि उपलब्ध छन् तर युवापुस्ताको ध्यानदृष्टि त्यतातिर गएको देखिंदैन । त्यसैले सार्वजनिक हितका लागि खोलिएका पुस्तकालय पाठकको अभावमा शून्य लाग्न थालेका छन् ।

पुस्तकप्रतिको उदासीनताका कारण क्रमैसँग ज्ञानको ढोका पनि बन्द हुँदै गरेको अनुभूति हुन्छ । अज्ञानताले नै हो, समाजलाई समस्यापूर्ण बनाउने । हाम्रो समाजलाई समस्यामुक्त बनाउन युवापुस्तालाई लैबरीतिर होइन लाइब्रेरीतिर आकर्षित गर्न अब ढिला गर्नुहुन्न ।
हामी गौतम बुद्धलाई नेपालमा जन्मेको भनेर जसरी गौरव गर्छौं, उनका सन्देशलाई भने गम्भीरतापूर्वक लिंदैनौं । बुद्धका सन्देशमध्ये बुद्धम्, धम्मम् र सङ्घम् शरणम्लाई त्रिरत्न भनिन्छ । तीमध्ये बुद्धम् शरणम् गच्छामीको अर्थ गौतम बुद्ध नामको व्यक्तिको शरणमा जान्छु भन्ने होइन, ज्ञानको शरणमा जान्छु भन्ने हो । ज्ञानको शरणमा जाने प्रचलन क्रमशः हराउँदै जानु थप चिन्ताको विषय हुन पुगेको छ ।

ज्ञानको स्रोतका रूपमा रहेको पुस्तकको कति महŒव छ भन्ने थाहा पाउन सिसेरो (इपू १०६–४३)को भनाइलाई मनन गर्न उपयुक्त हुन्छ । उनी भन्छन्, “पुस्तक नभएको कोठा र आत्मा नभएको शरीरमा कुनै अन्तर हुँदैन ।”

Mark Twain, “Good friends, good books and a sleepy conscience, this is the ideal life.”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here