प्रस, सिराहा, १८ साउन/
अवैध पेस्तोलसहित प्रहरीले सिराहाबाट दुईजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
बिहीवार राति जिल्लाको पलहान–ठाडी सडकखण्ड अन्तर्गत सखुवाननकारकट्टी गाउँपालिका वडा नं ५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

जिप्रका, सिराहाका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार इप्रका महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको बसमा चेकजाँच गर्दा शङ्कास्पद गतिविधि देखेपछि उनीहरूसँग खानतलाशी लिएको थियो ।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका १८ वर्षीय नीरजकुमार पासवान र सोही बलानशेर टोलका ३७ वर्षीय अरुण साह छन् । पक्राउ परेकाहरूबारे प्रहरीले शुक्रवार जानकारी गराएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here