भारतीय गाडीलाई कडाइ नगर्दा नेपाली व्यवसायी मर्कामा परिरहेका छन् । वीरगंज–रक्सौल नाका भएर चल्ने भारतीय हलुका र ठूला गाडीलाई प्रहरी प्रशासनले कडाइ नगर्दा आफूहरू मर्कामा परिरहेको नेपाली व्यवसायीहरूको दुःखेसो छ ।
वीरगंजका यातायात व्यवसायीहरूको एउटा समूहले गत साउन ७ गते जिल्ला प्रशासन कार्यालय, पर्सामार्पmत नेपाल सरकारको गृह मन्त्रालय, अर्थ मन्त्रालय, यातायात मन्त्रालय, नेपाल प्रहरी, ट्राफिक प्रहरी कार्यालयलगायतलाई बोधार्थ बुझाएको थियो । ज्ञापनपत्रमा भारतीय गाडीको अवैध प्रवेश र खुला आवागमनले आफूहरूको व्यवसाय नै खोसिएको उल्लेख छ ।
अखिल नेपाल यातायात मजदूर सङ्घ जिल्ला समिति पर्साका अध्यक्ष नैमुद्दीन अन्सारीका अनुसार भारतीय गाडीको हालीमुहालीले नेपाली गाडीको नचल्दा आफूहरू मर्कामा परेको साथै बैंकको किस्ता बुझाउनसमेत धौधौ
भएको बताए । कतिपय त यो व्यवसायबाट पलायन भई वैदेशिक रोजगारमा गएकाले यसबाट पर्न सक्ने असरलाई मध्यनजर गर्दै भारतीय गाडीको प्रवेशलाई कडाइ गर्न सङ्घले माग गरेको छ ।
सङ्घले ज्ञापनपत्रसहित ८३ वटा शङ्कास्पद भारतीय सवारीसाधनको सूचीसमेत बनाएर प्रशासनलाई ज्ञापनपत्रसहित बुझाएको छ । भारतीय गाडीले नेपाल सरकारको नियम पालना नगरेको अवस्थामा आवश्यक कारबाई गर्नसमेत यातायात व्यवसायीहरूले माग गरेका छन् । भारतीय गाडीको रजाइमा वीरगंज भन्सारको चरम लापारवाही देखिएको । एउटा भारतीय कारले वर्षमा २९ पटकभन्दा बढी भन्सार गराउन नपाइनेमा दैनिकरूपमा भन्सार गराएर भारतीय गाडीले रजाइ गरिरहेको उनीहरूको आरोप छ ।
व्यवसायीहरूले वीरगंजका केही सुरक्षा अधिकारीहरूलेसमेत अवैध भारतीय गाडीको उपयोग गर्ने
गरेकाले त्यस्तो आचरण सुधारको लागि अपील गरेको छन् । भारतीय गाडीको निर्बाध आवागमनमा कडाइ नगरिए आन्दोलनका गर्ने तयारीमा आफूहरू रहेको व्यवसायीहरूले बताएका छन् ।