मुकुन्द आचार्य

मान्छे भनिने जन्तु पशुप्राणी हो । यद्यपि उसको सिङ हुँदैन, खुट्टा पनि चारोटा हुँदैन, पुच्छर पनि हुँदैन, ऊ घाँसपात खान मन पराउँदैन,
मांसाहारी हुनमा रमाउँछ । मांसाहारी–मदिरापायी, जनम कोटि जीव नरकमा धायी १
मैले मान्छेको जातिलाई पशुसँग दाँजेकोमा धेरैलाई चित्त नबुझ्न सक्छ । किनभने जहिलेदेखि कोरोनाको कथा–व्यथा थालनी भयो सबैले नेता, डाक्टर, वैज्ञानिक, शासक, चिन्तक, शोषक, सङ्कटमोचक यावत्ले आआफ्नो ज्ञान–ध्यान–मान–सम्मान खतरामा परेको अनुभूति गर्न थाले । यस विराट सृष्टिमा आफ्नो अस्तित्व त सङ्कटमा परेको दुःखद अनुभव भएपछि बिचरो घमण्डी मान्छे भनिने पशुको सातोपुत्लो उडि नै हाल्यो। उसका हातखुट्टा काम्न थाले ।
अब जाबो यौटा कीराले (कोरोनाले) एउटा खेपमैं लाखौं मान्छेलाई सहजै सोत्तर पार्न सक्छ भने मान्छेले विकास गरें भनेर के फुर्ती लाउनु १ आफूलाई विश्वकै दादा भन्ठानेर बसेको अमेरिकामैं धेरै मान्छे मरे । कीरा, भुसुना, कीट, पतङ्गभन्दा पनि कमजोर प्रमाणित भएनौं त हामी ? सोच है सोच बिचरा मनुवाहरू १ तिम्रो वास्तविक क्षमता के कति रै‘छ १
कुनै मँन्छेले नै भनेको छ, बुद्धिर्यस्य बलं तस्य अर्थात् मान्छेमा पनि जसको बुद्धि हुन्छ, ऊ नै बलवान्मा दरिन्छ । यस्तोभन्दा हात्ती र माहुतेको उदाहरण दिइन्छ । तर अचेल बाहुबलीभन्दा मालपानी बलियो भन्छन् ।
मान्छेको बुद्धिमानीको पनि यौटा सीमा हुन्छ । त्यसैले मान्छेले स्वयंलाई सर्वज्ञ ठान्नुहुँदैन । अनेक–अनेक चाहिंदा नचाहिंदा भावना–दुर्भावनाहरूको सम्मिश्रणले मान्छेको मन मस्तिष्कमा कब्जा गरी बसेका हुन्छन् । जसमध्ये लड्ने बाहुबलको प्रदर्शन गर्ने, सङ्घर्ष गर्ने जस्ता भावना पनि यौटा बलवान् भाव हो । हार माने त कुर्सी कब्जा अर्कैले गरिहाल्छ नि !
यो लड्नु भिड्नु पनि मान्छेको आदिम प्रवृत्ति नै हो । सानो देश नेपालको ठूलो कुर्सीमा हीरामोती पो जडेको छ कि ? प्रधानमन्त्रीको कुर्सी ताकेर ओली–प्रचण्ड–माकुने–झल्लु–वामे–देउवा– बाबुराम आदि इत्यादि लोभीपापीहरू दिनरात तँछाडमछाड गरिरहेका छन् । यौटा सुकेको हाड खोसाखोस गर्न सबै कम्मर कसेर लागिपरेका छन् । यो लड्ने प्रवृत्ति आदिम हो, मान्छे जस्तै, पशुजस्तै ।
जनता जनार्दन भनिने सर्वसाधारण नेपाली मूलो, खै केमा भुल्यो, केमा भुल्यो । हाम्रा नेपाली नेताजीहरूले जनता जनार्दन भनिने भेंडा बाख्रालाई शुरूदेखि नै चिनेर सोही अनुसार जनतालाई भुटे, देशलाई लुटे । नोट, चोट र खोटले भोट कमाए, ठूलठूला कुर्सीमा कब्जा जमाए ।
त्यसैले अब चिच्याएर क्यै पनि नापिन्न । जसले जान्यो उसले हान्यो । अथवा जसले हान्यो, उसले जान्यो । जे भन्दा नि हुन्छ १ कुरोको चुरो चै उही हो । हामी चै सधैं दुःखको गीत गाउने गाइने भयौं ।
अब कुनै पनि देशमा कुन नेता राम्रँे, कुन नराम्रो, कुन पार्टी राष्ट्रवादी र कुन पार्टी अराष्ट्रवादी, कुन नेता इमानदार र को बेइमान, कसको पालामा देश उँभौलीतिर र कसको पालामा उँधौलीतिर लाग्यो । यस्ता कुराको चर्चा गर्नु पनि वाहियात जस्तै लाग्छ ।
साँच्चै भन्ने हो भने ओलम्पिक कमिटीले अब कुर्सी दौडको प्रतियोगिता गरायो भने नेपालले पक्कै स्वर्णपदक प्राप्त गर्ने थियो । उज्ज्वल छ, हाम्रँे नेपालको भविष्य १ बधाई छ भविष्यका पुस्तालाई १
मान्छेको लड्ने, भिड्ने प्रवृत्ति सुक्नुहुँदैन । लगे रहो मुन्ना भाइ, कुर्सी नछोड ओली दाइ । कुर्सी खोस्ने र कुर्सी नछोड्ने यी दुई पक्षको आआफ्नै तर्क छन् । कानूनी दाउपेंच त छँदैछ ।
तर सबैको मनमा एक मात्र प्रश्न घरीघरी आउँछ भोलि के हुने हो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here