प्रस, परवानीपुर, १५ साउन/
वीरगंज महानगरपालिकाका सामुदायिक विद्यालयमा साउन १६ गते बुधवारदेखि वर्षे बिदा शुरू हुने भएको छ। महानगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार साउन १६ देखि भदौ ८ गतेसम्म वर्षे बिदा दिइएको छ।

 
वर्षे बिदाको कारण सामुदायिक विद्यालयहरू बन्द रहने वीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले जनाएको छ भने संस्थागत विद्यालयहरूमा एकरूपता नभएको देखिन्छ। वीरगंजमा प्याब्सन र एनप्याब्सन मातहतका दर्जनौं विद्यालयले आफूखुशी गर्दा संस्थागत विद्यालयमा एकरूपता आउन नसकेको अभिभावकहरूको भनाइ छ।
 
प्याब्सन पर्सा अन्तर्गतका विद्यालयहरूमा साउन १६ गतेसम्म परीक्षा हुने र हाल बढिरहेको गर्मीलाई मध्यनजगर गर्दै यस विषयमा छलफल हुने प्याब्सनका पदाधिकारीहरूले बताएका छन्।
प्याब्सन वीरगंज नगर अध्यक्ष आलोक चौरसियाले संस्थागत विद्यालयमा वर्षे बिदा दिने चलन नरहेको र जुन विद्यालयमा चारवटा परीक्षा लिनुपर्नेछ उसको कार्यतालिका निकै व्यस्त रहेको र केही विद्यालयमा परीक्षा भइसकेकाले उनीहरूले केही दिन गर्मी बिदा दिन सक्ने बताए।
 संस्थागत विद्यालयमा वर्षे बिदा दिंदा विद्यार्थीहरूको पठनपाठनमा असर पर्ने भएकाले बिदा दिने चलन नभएको उनले स्पष्ट पारे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here