पर्सामा स्वास्थ्य बीमा गराउने शून्य ज्येष्ठ नागरिक सबैभन्दा बढी बीमित

प्रस, वीरगंज, १४ साउन/
पर्सामा जनसङ्ख्याको आधारमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या न्यून रहेको स्वास्थ्य बीमा बोर्ड, पर्साले जनाएको छ।

पर्साको जनसङ्ख्या छ लाखको हाराहारीमा रहेको र अहिलेसम्म पर्सामा १२ हजार ५५१ परिवारले मात्र स्वास्थ्य बीमा गराएको बोर्डले जनाएको छ। एउटा परिवारमा सदस्यका सङ्ख्या पाँचदेखि १० जना रहेको बोर्डकी जिल्ला संयोजक रेखा गौतमले जानकारी दिइन्। गत आर्थिक वर्षमा जम्मा सात हजार १४० परिवारले मात्र स्वास्थ्य बीमा नवीकरण गराएको उनले बताइन्। २०७५ भदौ ७ गतेदेखि नेपाल सरकारले स्वास्थ्य बीमा लागू गरेको हो। पर्सामा जनसङ्ख्याको आधारमा १५ प्रतिशत अर्थात् ९७ हजार २९० जनाले स्वास्थ्य बीमा गराएका छन्।

२०७५ सालदेखि हालसम्म ज्येष्ठ नागरिक २२ हजार १३१, एचआइभी सङ्क्रमित ८६, पूर्णअपाङ्ग ४२, क्षयरोगरोगी १३०, महिला स्वयंसेविका १०१ जनाले स्वास्थ्य बीमा गराएका बोर्डले जनाएको छ।

त्यसैगरी, गत आव २०८०/८१ मा ज्येष्ठ नागरिक तीन हजार ६१३, एचआइभी सङ्क्रमित १००, पूर्णअपाङ्ग १०८, क्षयरोगी २०, महिला स्वयंसेविका १६ जनाले बीमा गराएका थिए। चालू आव २०८१/८२ मा साउन १४ गतेसम्म ३२ जनाले मात्र स्वास्थ्य बीमा नवीकरण गराएको संयोजक गौतमले बताइन्।

 

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्