प्रस, परवानीपुर, १४ साउन/
नारायणी अस्पताल वीरगंजको गत आवमा करीब १० करोड बजेट फ्रिज भएको छ । नारायणी अस्पतालको गत आव २०८०/८१ को लागि नेपाल सरकारबाट कुल ४३ करोड २७ लाख ८८ हजार ९९५ बजेट विनियोजन भएकामा गत असार मसान्तसम्म ३३ करोड २९ लाख ९७ हजार ६८ मात्र खर्च भएको छ ।
अर्थात् नौ करोड ९७ लाख ९१ हजार ९२७ खर्च नभई सो रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साले जनाएको छ । नारायणी अस्पताल वीरगंजमा विभिन्न योजना, परियोजनामा विवाद र अदालती मुद्दा मामिला चलिरहेकाले बजेट फ्रिज भएको भएको हो ।