प्रस, निजगढ, १२ साउन/
आर्थिक अभावका कारण विगत चार वर्षदेखि चार बिघा जमीनमा व्यावसायिक केराखेती गर्दै आइरहेका छन्– बारा, निजगढ नगरपालिका–८ रैयाटोलका ५० वर्षीय नरनाथ गौतम । यस अघि उनले लगभग चार वर्ष ठेलागाडा चलाउँदै मालसामान ढुवानीको काम गर्थे । यसबीच अटो, ईरिक्शाले बजार छाउन थाल्यो ।
आफूले गर्दै आइरहेको पेशा दिन प्रतिदिन सङ्कटमा पर्न थाल्यो । पुुरानै पेशा गरौं त, दिनानुुदिन कमाइ घट्दो छ । नगरांै त पेशा बदलिनुुपर्ने बाध्यता । यही सोचमा उनी कैयौं रात निदाउन सकेनन् । अटो किन्नलाई रकम जोडजाम गरे पनि नपुुग्ने भएपछि अन्ततः उनले ठेलागाडा चलाउने पेशा नै छाड्नुुप¥यो । त्यसपछि जसोतसो केराखेती गर्ने अटोट उनले गरे । उनले जीवन धान्न रकम अभाव हुँदा केराखेती गर्न थालेका हुुन् । ठेलागाडा चलाउँदा दैनिक २–३ सय रुपियाँ बचत भएपनि ४–५ लाख पर्ने अटो किन्न पैसा नहुँुदा आफन्तका जमीन भाडामा लिएर केराखेती गर्दै आएको केरा कृषक गौतमले बताए ।
यसपालि पनि चार बिघा जमीनमा केराखेती गरेको थिएँ । गत जेठ १७ गते आएको हावाहुरीले तीन बिघा केराका बोट ढालेर क्षति पु¥याएको उनले दुःखित हँुदै बताए । सबै दुःख हामी गरीबमाथि नै आई लाग्छ किन हो ? उनले मुुहार मलिनो पार्दै भने । अब एक बिघामा रहेको केराका बोट हुुर्कंदै केरा पसाउँदैछ । उनले निजगढका अन्य केरा कृषकहरूले लगाएजस्तै मालभोग केराको व्यावसायिक खेती गरेका छन् । तीन बिघा जमीनमा लगाएको केराखेती नष्ट भएपनि बीमा गरेकोले ढिलै भएपनि बीमा रकम आउनेमा उनी ढुक्क छन् । तर तीन बिघा जमीनमा लगाइएको केराखेतीबाट आउने नाफा भने गुुमेको उनले दुःखेसो पोखे ।
आफूले लिएको चार बिघा जमीनको भाडा प्रतिवर्ष तीन लाख रुपैयाँ तिर्नुपर्ने उनी बताउँछन् । कुनै केराको बोटमा ६० कोसा हुन्छ । कुनैमा एक सयदेखि १२० कोसासम्म केरा फल्छन् । त्यसलाई सरदरमा हिसाब गर्दा प्रतिबोट एक घारीमा ८० कोसा केरा फल्ने हिसाब राख्छौं । रैथाने मालभोग केरा भएकोले अफ सिजनमा पनि खेतबारीमा नै व्यापारीले प्रतिकोसा कम्तीमा पनि २–३ रुपियाँमा किन्छन् । सिजनमा चारदेखि छ रुपियाँसम्म व्यापारीले तिर्छन्, कृषक गौतमले भने ।
बाली बीमा कम्पनीको शर्त अनुुुसार प्रतिकट्ठा ६० बोटको दरले प्रतिबिघा एक हजार दुई सय बोट मात्र केरा लगाउनुपर्छ । प्रतिबोट पोटास चार सय ग्राम, डिएपी दुई सय ग्राम, युरिया ३५० ग्राम, सल्फेट एक सय ग्राम हाल्नुपर्छ । केराको बोटलाई मजबूत बनाउन अनिवार्यरूपमा जायम पनि छर्नुपर्ने उनले बताए । केरामा भिटामिन, कीटनाशक औषधि प्रयोग गर्दा प्रतिबोट ३० रुपियाँ खर्च निस्कन्छ । यसरी प्रतिकेराबोटमा प्रतिवर्षमा १९० रुपियाँ जति खर्च हुने उनी बताउँछन् । यसमा आफ्नो मजदूरी भने नरहेको कृषक गौतमले बताए । समयमा मलखाद सरकारले उपलब्ध गराउन नसक्दा बढी मूल्य तिरेर युरिया, डिएपी, पोटास खरीद गर्नुपरिरहेको उनले बताए ।
त्यसैगरी, निजगढ नगरपालिका–९ प्रकाशबस्ती तेस्रोलाइनका ५९ वर्षीय पद्मबहादुर श्रेष्ठ भने व्यावसायिक फलफूलखेतीमा लागिपरेका छन् । करीब पाँच वर्षसम्म स्थानीय बकैया ठाकुुर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष पदमा रहेर वन क्षेत्रमा योगदान पु-याएका उनले वन समूहको पद छोडेपछि गत वर्षदेखि व्यावसायिक फलफूल खेती शुरू गरेका हुन् ।
उनले १७ कट्ठा जमीनमा १०० बोट ड्रागन फ्रुुट, १०० बोट एभोकाडो, १०० बोट अम्बा, ३०० बोट एप्पल बयरलगायत आँप, लिच्ची, रूख कटहर, जामुन, अमला, बेललगायत अन्य बाली लगाएको बताए । फलफूलखेतीबाट यस वर्ष २० हजार रुपियाँको बयर बिक्री गरेको बताउँदै आगामी वर्ष एक लाख रुपैयाँको अम्बा, तीन लाख रुपैयाँको बयर बिक्री गर्ने अपेक्षा लिएका छन् । उनले १०० बोट ड्रागन फ्रुुटका लागि एक लाख रुपियाँ लगानी लागेको बताए ।
त्यसैगरी, अन्य प्रजातिका फलफूलहरूका लागि तीन लाख रुपैयाँ जति लगानी लागिसकेको बताउँदै केही वर्षपछि फलफूूल उत्पादन भई आम्दानी हुने उनले बताए । आफूले नभ्याएको बखतमा घरपरिवारले पनि सघाउन सक्ने भएकोले अन्न बाली छोडी आफूले व्यावसायिकरूपमा फलफूलखेती गरेको बताए ।
निजगढ नगरमा वयावसायिक केराखेतीले एक दशकदेखि व्यापकता पाइरहेको बेला श्रेष्ठले भने फरक किसिमको व्यावसायिक फलफूूलखेती गर्न अग्रसर भएका हुन् । व्यावसायिकरूपमा विभिन्न प्रजातिका फलफूलखेती गर्न सके महीनाको ३०–४० हजार रुपैयाँ कमाउन अन्यत्र जानु नपर्ने उनको विश्वास छ । उत्पादन गर्न सके बिक्रीका लागि बजारको कमी नभएकोले आफू फरक खेतीमा अघि बढेको उनले बताए । उनको फलफूलखेती हेर्न स्थानीयहरू पनि आउँछन् । आफूले आशा गरे अनुुसारको आम्दानी हुन थालेपछि थप जमीन भाडामा लिई फलफूूलखेती बढाउने र अन्यलाई रोजगारको अवसर पनि दिने उनको योजना छ । उनले उन्नत जातका फलफूलका बिरुवा रौतहटस्थित नर्सरीबाट ल्याएको बताउँदै आगामी जीवन फलफूललगायत कृषि पेशामा अघि बढाउने आफ्नो योजना रहेको उनले बताए ।