प्रस, वीरगंज, १२ साउन/
शिक्षामा मधेस प्रदेश निकै पछाडि रहेकोले स्थानीय तहबाट शिक्षालाई हटाउनुपर्ने समय आएको नेपाल चिकित्सक सङ्घका मधेस प्रदेश संयोजक डा नीरजकुमार सिंहलले बताएका छन्।

पब्लिक ब्रोडकास्टिङ नेटवर्कले शनिवार आयोजना गरेको कार्यक्रममा संयोजक डा सिंहले शिक्षा ठीक भए स्वास्थ्य आफैं ठीक हुने बताए। उनले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतीजाले स्थानीय तह शिक्षाको सवालमा असफल भएको बताउँदै उनले दक्ष जनशक्ति निर्माणका लागि जरा मजबूत पार्नुपर्ने बताए।

नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको मानसिक विकासमा सहयोग पु–याउने बताए।

नेटवक्र्सका निर्देशक रञ्जीत पण्डितको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण राजेन्द्र सिंह र कन्हैया पटेलले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here