प्रस, वीरगंज, ६ साउन/नेशनल इन्फोटेक माध्यमिक विद्यालयले संस्कार र संस्कृतिको जगेर्ना गर्न गुरुपूर्णिमा पर्व मनाएको छ।

“गुरुको सम्मान, विद्यार्थीको उत्थान” नाराका साथ आयोजित कार्यक्रममा विद्यार्थीहरूले गुरुको सम्मानमा गुरुहरूलाई रातो टीका, खादा लगाएर सम्मान गरेका थिए।

कार्यक्रममा सहायक प्रधानाध्यापक अमरिश सिंहले गुरुपूर्णिमालाई समकालीन परिस्थितिसँग जोडेर परिवर्तनकारी शिक्षा प्रदान गरिनुपर्ने बताए। कार्यक्रममा विज्ञान शिक्षक अभय मिश्रले विद्यार्थीहरूको परिश्रम र परिणामले हाम्रो औचित्य पुष्टि हुने बताए।

कार्यक्रममा सहभागी विद्यार्थी परवेज आलमले शिक्षकको अर्थ “शि”ले शिखरमा पु–याउने, “क्ष”ले हाम्रा गलतीहरूलाई क्षमा गरी प्रोत्साहित गर्ने र “क”ले हाम्रा कमजोरीलाई सच्याइ हाम्रो भविष्य निर्माण गर्ने व्यक्तित्वलाई जनाउने बताए। सहभागी अन्य विद्यार्थीहरूले गुरुपूर्णिमाबारे मन्तव्य दिएका थिए।

कार्यक्रममा संयोजक अनन्तकुमालाल दासले विद्यालयको तर्फबाट सबै विद्यार्थीलाई आशीर्वाद दिंदै मिठाइ वितरण गरेका थिए। कार्यक्रमको सहजीकरण कक्षा १० की अनीषा साहले गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here