प्रस, वीरगंज, २६ असार/

सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीले माउन्ट हर्मन मावि परसौनी बिर्तामा लागू औषधसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ।

कक्षा ९ र १० का विद्यार्थीहरूलाई लागू औषधविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक स्वप्निल देवकोटाले प्रशिक्षण दिएका थिए।

यसैगरी केन्द्रले माट्रिका आई फाउन्डेशन, पर्सा तथा कमला डेन्टल क्लिनिक पर्साको सहयोगमा आँखा तथा दन्त परीक्षण गरेको छ। शिविरमा ८०० जनाको आँखा, दन्त तथा स्वास्थ्य परीक्षण गरिएको थियो।

कार्यक्रममा सहयोग गर्नेहरूलाई प्रशंसापत्रसहित सम्मानसमेत गरिएको थियो। वडाध्यक्ष अवधकिशोर कुशवाहाको अध्यक्ष्Fतामा भएको कार्यक्रममा केन्द्रका सचिव कुलनारायण प्रधान, मनीष सिंह, वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्रहरी वरिष्ठ नायब निरीक्षक गोरखबहादुर शाही, विद्यालयका प्रअ सन्तोषप्रसाद साहलगायतको सहभागिता थियो।

यसैगरी ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले वीरगंज–१ बजार छपकैयास्थित डोमबस्तीमा आँखा, दाँत र कान शिविर सम्पन्न गरेको छ।

नेशनल मेडिकल कलेज, सामुदायिक आँखा अस्पताल, रूँगटा वेलफेयर सोसाइटीको सहयोगमा आयोजना गरिएको शिविरमा २३५ जनाको आँखा, दाँत र कान परीक्षण गरिएको थियो।

शिविरमा डा देवेन्द्र जैसवाल, डाक्टर अफसाना खातुन, डा रूपेशकुमार झा, डा आलोककुमार सिंह, डा प्रशान्त चौरसिया, डा सलिमा खड्का, महेशसिंह धामीलगायतले स्वास्थ्य परीक्ष्Fण गरेका थिए।

केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा रुँगटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेशकुमार रूँगटा, सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंह, नेशनल मेडिकल कलेजका निर्देशक शाहनवाज अन्सारी, ईशरत  जहान अन्सारीलगायत सहभागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here