नयाँ दिल्ली, २५ असार/सिन्ह्वा

भारी वर्षाका कारण मङ्गलवार भारतको आर्थिक राजधानी मुम्बई र वरपरका विद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द गरिएका छन् भने विश्वविद्यालयका परीक्षाहरू पनि स्थगित गरिएका छन्।

भारी वर्षापछि रेल तथा उडान सेवा पनि प्रभावित भएका छन्। सोमवार विभिन्न स्थानमा ३०० मिलिमिटरभन्दा बढी वर्षा दर्ता भएपछि विभिन्न क्षेत्रमा गम्भीर जलप्रभाव देखिएको छ।

अति वर्षाले मुम्बई विश्वविद्यालयमा मङ्गलवारका लागि निर्धारित सबै परीक्षा स्थगित गरिएको तथा नयाँ मिति चाँडै घोषणा गरिने विश्वविद्यालयले विज्ञप्तिमार्फत उल्लेख गरेको छ।

जनताको सुरक्षा सुनिश्चित गर्न, राष्ट्रिय विपद् प्रतिक्रिया बलका टोलीहरू ठाणे, वसई, महाड, चिप्लुन, कोल्हापुर, साङ्गली, सतारा, घाटकोपर, कुर्ला र सिन्धुदुर्गलगायत मुम्बई र वरपरका क्षेत्रमा तैनाथ गरिएका छन्। यसैगरी, तल्लो क्षेत्रमा फसेका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

मौसमको पूर्वअनुमान गर्दै भारतीय मौसम विभागले मुम्बई र महाराष्ट्र राज्यका अन्य भागहरूमा आगामी दुई दिनसम्म भारी वर्षा जारी रहने बताएको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here