शैक्षिक शहीद मुकुन्दप्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साले राष्ट्रिय धान दिवसको अवसरमा नेपाल प्रौढ सङ्घ (वृद्धाश्रम) वीरगंज–१६ नगवामा वृक्षारोपण गरेको छ।
शैक्षिक शहीद मुकुन्दप्रसाद खनाल स्मृति प्रतिष्ठानका अध्यक्ष मुना खनालको अध्यक्षता एवं वडाध्यक्ष परशुराम चौरसियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नारायणी अस्पतालका पूर्वमेसु डा वीरेन्द्र प्रधान, नेपाल प्रौढ सङ्घका अध्यक्ष नन्दराउत अहिर, प्रतिष्ठानका सल्लाहकार प्रकाश उपाध्याय, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंह, इलाका प्रहरी कार्यालय, नगवाका प्रहरी नायब निरीक्षक दिपिन थापा, रेलवे माविका प्रअ प्रभुप्रसाद रौनियार, बिकन स्कूलका प्रअ जयकुमार दनुवार, प्रकृति सेवा प्रतिष्ठान नेपालका सहसचिव अभिनाश झा, हुकुम सिंह राजपूत, बिना खतिवडा आचार्य, जानकी हाडालगायतले वृक्षारोपण गरेका थिए। कार्यक्रममा सहभागीहरूलाई असारको १५ को अवसरमा दही, चिउरा, आँप खुवाइएको थियो। कार्यक्रममा अनिल रिजालले स्वागत र श्रवणबहादुर रायमाझीले सहजीकरण गरेका थिए।