राधेश्याम पटेल, परवानीपुर, १४ असार/

घरेलु तथा साना उद्योग कार्यालय, वीरगंज, पर्साले ठोरी गाउँपालिका–५ सुवर्णपुरमा बजार विस्तार तथा अन्तत्र्रिmया कार्यक्रम गरेको छ।

शुक्रवार कार्यक्रममा सुनाखरी सामुदायिक होमस्टेका पदाधिकारीहरूसँग घरेलु तथा साना उद्योग कार्यालयले अन्तत्र्रिmया गरेको थियो।

कार्यालय प्रमुख धनञ्जयकुमार सिंहको अध्यक्ष्Fतामा भएको कार्यक्रममा सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिन, सुनाखरी सामुदायिक होमस्टेका अध्यक्ष शम्भुराम पौडेललगायत कार्यसमिति सदस्यहरूको सहभागिता थियो।

अन्तक्रियामा घरेलु तथा साना उद्योग कार्यालयले उपलब्ध गराउने सेवाहरूबारेमा कार्यालय प्रमुख सिंहले प्रकाश पारेका थिए।

अन्तक्रियामा सहभागीहरूले पहिले होमस्टे पर्यटन कार्यालयमा दर्ता हुने गरेकोमा पर्यटन कार्यालय कहिले वीरगंज त कहिले जनकपुरलगायतका स्थानमा हुँदा दर्ता गर्न झन्झटिलो भएको बताएका थिए।

ठोरीमा २०७३ भदौ ३० गतेदेखि होमस्टे सञ्चालन हुँदै आएकामा प्रचारप्रसारको कमीले होमस्टेको विकास र संरक्षण एवं प्रवद्र्धन हुन नसकेको पाख्रिनले बताए।

उनले हामी एकजुट भएर सामुदायिक होमस्टेको अवधारणामा कार्य गर्दै आत्मनिर्भर बन्न प्रयत्नशील रहेको बताए। उनले आगामी दिनमा घरपरिवारका सदस्यलाई थपेर होमस्टेलाई अगाडि बढाउने बताए।

होमस्टेमा १५ वटा कोठा रहेको र न्यूनतम ३० जना र बढीमा ६० जनासम्म बस्न सक्ने बताए। एकजनाको घरमा दुईवटा कोठा रहेको र एउटा कोठामा एउटा डबल बेड र एउटा सिङ्गल बेड रहेको पाख्रिनले बताए।

पाख्रिनले एक वर्षमा लगभग अढाई हजार पर्यटक भित्रिएको जानकारी गराए। होमस्टेमा एउटा कोठाको शुल्क रु ७५० पर्छ। होमस्टेमा लोकल कुखुरा वा खसीको मासु र खाना रु ३५०, बोइलर कुखुरा र खाना रु २००, ढिंडो–मासु रु ४०० का साथै लोकल रक्सी र सिलप्याक रक्सीका साथै स्थानीय उत्पादनको पनि उपभोग गर्ने व्यवस्था छ।

अहिले होमस्टेमा दैनिक १५ वटा कोठा बूक हुने गरेकामा होमस्टे सञ्चालकले एक दिनमा तीन हजार रुपैयाँसम्म कारोबार गर्ने गरेको पाख्रिनले बताए। रु ३० लाखबाट शुरू भएको होमस्टेको अहिले पूँजी तीन करोड पुगेको पाख्रिनले बताए।

कार्यक्रममा घरेलुका प्रमुख सिंहले होमस्टेका पदाधिकारीहरूलाई लेखा र बजारीकरणसम्बन्धी आगामी आवमा तालीमको व्यवस्था मिलाउने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here