काठमाडौं, १४ असार/रासस

इङ्ल्यान्डलाई पराजित गर्दै भारत आइसिसी टी–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ।

गुयनामा गएराति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनलमा पुगेको हो। यससँगै अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्नेछ। फाइनल खेल भने भोलि राति हुनेछ। यसअघि भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हराउँदै विश्वकपको फाइनलमा पुगेको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा इङ्ल्यान्ड १६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटिएको थियो।

इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले १९ बलमा सर्वाधिक २५ रन बनाएका छन्। त्यस्तै, कप्तान जस बट्लरले १५ बलमा २३ रन जोडे। जोफ्रा अर्चरले २१ रन बनाए। बलिङतर्फ भारतका कुलदीप यादव र अक्षर पटेलले समान तीन/तीन विकेट लिए भने जसप्रीत बुमराहले एक विकेट झारे।

भारतको इनिङ्समा कप्तान रोहितले शर्माले सर्वाधिक ५७ रनको योगदान दिए। उनले ३९ बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ५७ रन बनाएका थिए। त्यसैगरी, सूर्यकुमार यादवले ४७, हार्दिक पाण्ड्याले २३ र रवीन्द्र जडेजाले १७ रन जोडे। इङ्ल्यान्डका लागि क्रिस जोर्डनले सर्वाधिक तीन विकेट लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here