आर्सेनिक न धातु हो, न अधातु बरु दुवैको बीचको पदार्थ हो, जसलाई मेटल्वायड भनिन्छ, जो लगभग रङ्गहीन, गन्धहीन र स्वादहीन हुन्छ । धर्तीको गर्भमा आर्सेनिकका ठूलाठूला चट्टान छन् । समयसमयमा ती चट्टान टुटेर ताल वा नदीको पानीमा मिल्छ । त्यही पानी हाम्रो इनार वा ट्युवेलमार्पmत हाम्रो पिउने पानीमा आउँछ । जब पानीमा यसको मात्रा ०.२ मिलिग्राम प्रतिलिटर र फ्लोरिनको १.५ मिलिग्राम प्रतिलिटरभन्दा बढी हुन्छ, तब हाम्रो स्वास्थ्यको लागि नोक्सानदेह बन्छ । आर्सेनिकले आर्सेनिक प्वायजनिङ र फ्लोरिनले डेन्टल केरिज र हाडलाई बाङ्गोटिङ्गो बनाउँछ । पानीमा आर्सेनिकको उपस्थिति गन्धहीन र स्वादहीन भएको हुनाले पहिचान गर्न सकिंदैन । पानीलाई तताएपछि पनि यो जाँदैन र यसको लागि अलग्गै फिल्टर हुन्छ ।
रोचक त यो छ कि यो चामलकोे ब्रानमा पनि पाइन्छ, जसलाई पोलिसिङ गरी हटाइन्छ । यस हिसाबले ब्राउन राइसभन्दा पोलिस्ड राइस राम्रो हुन्छ । बेलाबेलामा सरकारी अधिकारी ट्युवेल जाँँच्न आउँछन् कि पानीमा आर्सेनिक छ वा छैन अथवा छ भने कति मात्रामा छ । मानिसमा यसको विषाक्तताको मुख्य स्रोत पानी नै हो तर यसले हावा पनि प्रदूषित हुन्छ । यो माइन, ग्लास बनाउनमा, काठलाई सुरक्षित राख्न पालिसको रूपमा र सेमिकन्डक्टरको कारखानामा प्रयोगमा आउँछ । मेटल्वायडको रूपमा यो विषाक्त हुँदैन तर हावाले वा अन्यत्र आक्सिडाइज भएर यो विषाक्त बन्छ । यसको इनआर्गेनिक कम्पाउन्ड धेरै विषाक्त हुन्छ । त्यस्तै, जब आर्सेनिक आमाशय वा आन्द्रामा जान्छ, तब त्यहाँ पनि आक्सिडाइज भएर नै विषाक्त बन्छ । आर्सेनिक आक्साइड, ट्राइअक्साइट, आर्सेनियस आक्साइड र आर्सिनेट्स सबै विषाक्त हुन्छन् । आर्सेनिक आक्साइड कला, वालपेपर, कृत्रिम रङ्ग र विभिन्न पेस्ट आदि बनाउनमा उपयोगमा आउँछ । यसको ज्ञान त ४०० बिसीदेखि नै मानिसलाई थियो तर सन् १२५० मा जर्मन वैज्ञानिक अल्बट्र्सलाई यसको खोजको श्रेय दिइन्छ ।
आर्सेनिकलाई ओजोनले घुलनशील वा अघुलनशील बनाउँछ । त्यसपछि फिल्टर गर्न सजिलो हुन्छ । कहींकहीं यसको आउटब्रेक नै देखिन्छ । चीन, चिली, भारत र श्रीलङ्कामा कलेजोको विषाक्तताको यही मुख्य कारक हो । गन्धहीन, स्वादहीन र रङ्गहीन भएकोले यसलाई दूध, कफी वा जुसमा सजिलै मिलाएर दिन सकिन्छ । यसको एउटा सानो अणु पनि कोषभित्र पस्यो भने कोषको रेसपिरेसन बन्द भएर कोष मर्छ । रक्तकोषिकाको आवरण अथवा मेम्ब्रेनलाई पनि यसले तोडिदिन्छ । यस कारण मध्यकालमा यसलाई गद्दीनसीनलाई मारी अन्यलाई बसाउने गरिन्थ्यो । यस कारण आर्सेनिकलाई किङ अफ प्वायजन वा किङ्ग्स प्वायजन पनि भनिन्छ ।
आर्सेनिकको एक्युट, सबएक्युट, असाधारण र क्रोनिक खालका प्वायजनिङ हुन्छन् । पहिले आउनुस् एक्युट, सबएक्युट र असाधारण प्वायजनिड्ढो वर्णनमाः एक्युट प्वायजनिङमा आधा घण्टाभित्र यसको असर देखा पर्छ । यदि आर्सेनिक गुदा वा योनि वा छालामा दलिएको छ भने असर ढिलो गरी पनि देखिन सक्छ । त्यस्तै, पेट भरिएको छ भने पनि असर ढिलोले हुन्छ । यसले सल्फाड्रिल एन्जाइम सिस्टमलाई रोकिदिन्छ, जो सेल मेटाबोलिज्मको लागि जरुरी हुन्छ । आर्सेनिक एक शक्तिशाली कैपिलरी विष हो, जसले जहाँको पनि कैपिलरीलाई फैलाइदिन्छ र अनेक लक्षणको कारण बन्छ । रोगीलाई पहिले मूर्छाजस्तो महसूस हुन्छ । फेरि डिप्रेसन र वाकवाकी हुन्छ । त्यसपछि रोगीले घाँटी र पेटमा तीव्र जलन र सङ्कुचन महसूस गर्छ, जो दबाब दिए बढ्छ । अत्यधिक ¥याल आउने र स्टोमेटाइटिस अथवा मुखमा घाउ देखिन्छ । तीव्र प्यास र प्रोजेक्टाइल भोमिटिङ यसको खास लक्षण हुन्, जसमा पहिले त खाना देखिन्छ तर पछि प्रचुर म्युकस र ब्लडस्पट देखिन्छ । बान्ताको रङ्ग पहेंलो, हरियो वा नीलो हुन्छ । यसमा हैजाजस्तै पखाला चल्छ र चिकित्सकले हैजा नै भएको भूल पनि गर्छन् । तर हैजामा चौलानीजस्तो विनादुखाइ पखाला चल्छ । आर्सेनिकमा पखाला रङ्गीन हुन्छ र त्यसमा रगत देखिन्छ, तल पेटमा मरोड र दुखाइ तथा गुदाको अगलबगल चिलाउने वा बिसबिसाहट हुन्छ । पिसाब धेरै कम र गर्ने बेला दुख्छ तथा त्यसमा अल्बुमिन र आरबिसी देखिन्छ । पखालाको साथै कफ र अन्य मांसपेशीमा धेरै ऐंठन र दुखाइ हुन्छ । रोगी बेचैन भएर निर्जलीयता भएर कोलेप्समा जान्छ, छाला चीसो, अनुहार चिन्तित र पहिले पहेंलो र पछि सायनोज्ड हुन्छ । आँखा धसेको, नाडी अनियमित र श्वास लिनमा कठिनाइको साथै छटपटाहटको साथ मृत्यु हुन्छ । चेतना अन्तिम समयसम्म रहन्छ । जब धेरै बढी खुराक दिइन्छ, तब सकले लक्षण प्रकट नै नगरी सीधैं मृत्यु नै हुन पुग्छ ।
तर यसको अर्को कोण पनि छ । जब आर्सेनिक बढी खुराकमा दिइन्छ, तब बान्ता हुन्छ र आमाशयले अवशोषित हुनुभन्दा पहिले नै अधिकांश विषलाई बाहिर फ्याँकिदिन्छ र मृत्यु हुन पाउँदैन । पञ्जाबमा यस्ता अनेक घटना देखिएका थिए । ग्याँसको रूपमा जब आर्सेनिक श्वासमा जान्छ, तब फिंज भएको कफको साथै सास लिनमा कठिनाइ, साइनोसिस, बेचैनी र फोक्सोमा कडा सुजन गराउँछ । आँखामा आर्सेनिक परेपछि आँखा कडारूपमा रातो हुन्छ र कोर्नियाको अल्सर गराएर धेरै खतरनाक स्थिति पैदा हुन्छ । नर्भस सिस्टममा असर कम देखिन्छ र मुख्यतः चक्कर र असजिलो महसूस हुन्छ तथा मांसपेशीमा दुखाइ हुन्छ । तत्पश्चात् मान्छे डेलिरियस भएर कोमामा जान्छ र होशमा आउनुभन्दा पहिले नै मृत्यु हुन पुग्छ । एक्युटभन्दा कम प्रभाव हुने आर्सेनिक विषाक्ततालाई सबएक्युट विषाक्तता भनिन्छ । यो स्थिति तब देखिन्छ, जब केही केही अन्तरालमा आर्सेनिकको कम मात्रा दिएर ‘स्लो प्वायजनिङ’ गराएर मृत्यु गराउने उद्देश्य हुन्छ । यस्तो लक्षण मन्दाग्नि, कफ, घाँटीमा सनसनाहट, बान्ता, रगतसहित पखाला चल्ने र मरोडयुक्त दुखाइ, दुर्गन्धित जिभ्रो, सुक्खा र रक्तरञ्जित घाँटी देखिन्छ । यसमा न्यूराइटिस उल्लेखनीय र प्रस्ट देखिन्छ । मांसपेशीमा कडा मरोड देखिन्छ, जो छुने बित्तिकै भयङ्कररूपले दुख्छ । रोगीमा अत्यधिक बेचैनी हुन्छ र सुत्न सक्दैन । अन्तमा मान्छे कोलेप्समा गई मृत्यु प्राप्त गर्छ । जुन रोगीले रिकभर गर्छ, त्यसमा क्रोनिक न्यूराइटिस बनिरहन्छ, जो अन्तमा पक्षघातको रूप लिन्छ । केही आर्सेनिकको विषाक्तता असाधारण किसिमका हुन्छन्, जसलाई आर्सेनिकल सिम्टम्स भनिन्छ ।
यसमा निम्नलिखित लक्षणहरू हुन्छन्ः कन्भल्सन, लकजब अर्थात् जबडा नखुल्ने गरी बन्द हुने, मेनियाको चरित्र भएको बेलिरियम, शरीरको तापक्रम बढ्ने, ¥याल बाहिर आउने, निल्नमा कठिनाइ हुने, स्मरण र बोली खत्म हुने, कानमा घण्टी बज्ने, सिरदर्द, हेर्नमा असजिलो हुने, प्रकाश असह्य हुने, जोर्नीमा असहनीय दुखाइ हुने, मांसपेशी सुक्दै जाने, पक्षघात हुने आदि । त्यस्तै, जब आर्सिनेटेड हाइड्रोजन सास द्वारा भित्र जान्छ, तब सीधैं हेमोग्लोबिनमा असर गरेर हेमोलाइसिस गर्छ, जस कारण पिसाबमा रगत, पिलिया र रक्तअल्पता देखिन्छ । यसको अतिरिक्त मूर्छा, चक्कर, कपकपी, ज्वरो, कडा सिरदर्द, वाकवाकी, बान्ता, पेटमा जलन र दुखाइ, मिर्गौलाका सूक्ष्म नली बन्द भई पिसाब नहुने, डाढमा दुखाइको साथै पिसाबमा कालो रातो रगत र अल्बुमिन आउने, दम फुल्ने, सायनोसिस र कोलेप्स घटित हुन्छ । बेहोशी र डेलरियम मृत्युपूर्व देखिन्छ, जो पल्मोनरी इडिमा वा एन्युरियाको कारणले मुटुको गति बन्द हुनाले घटित हुन्छ । एक्सपोजरको १५ दिनपछि कलेजो र फियो बढेको हुन्छ र औंलामा सेतो धर्का देखिन्छ, जसलाई सन् १९१९ पछि डच वैज्ञानिक मिजको नाममा मिजलाइन भनिछ ।
आर्सेनियस आक्साइडको मृत्युकारक खुराक २५ देखि १८० मिलिग्राम हो तर चारदेखि ६० ग्रामसम्ममा पनि रिकभरी भएको देखिएको छ । तर पनि यस्तो धेरै कम देखिएको छ । आर्सिनेटेड हाइड्रोजनको जब १:२००० पार्टको मिश्रणमा एक घण्टा सास लिइन्छ वा २.५:१००० पार्टमा सास लिए आधा घण्टामा मृत्यु हुन्छ । आर्सेनिकको औसत मृत्यु हुने अवधि १२ देखि ४८ घण्टा हो तर अधिकांश दुईदेखि तीन घण्टामा नै हुने देखिएको छ । तर सबएक्युटमा केही सप्ताह पनि लाग्न सक्छ । क्रमशः