प्रस, वीरगंज, १० असार/

उपकार सेवा नेपालले वीरगंज महानगरपालिका–९ गोश्वारा रोडस्थित नेपाल रेलवे माविका विद्यार्थीहरूलाई स्कूल ब्यागसहित शैक्षिक सामग्री सहयोग गरेको छ।

रेलवे माविमा शिशु कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत ३२८ जना विद्यार्थीमध्ये अतिविपन्न १२७ जनालाई सोमवार स्कूल ब्याग, कपी, पेन्सिल, इरेजर, कटर र जुत्ता वितरण गरिएको सामाजिक कार्यकर्ता प्रकाश थारूले बताए। संस्थाकी अध्यक्ष विद्याकुमारी सरावगीले विद्यार्थीहरूलाई सो सामग्री वितरण गरेकी थिइन्।

कार्यक्रममा प्रधानाध्यापक प्रभुप्रसाद रौनियार, शिक्षकहरू मनोज यादव, सचितानन्दलाल कर्ण, किरण सिंह, उषा पाण्डे, संस्थाकी पदमादेवी सरावगी लगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here