प्रस, वीरगंज, १० असार/

नेशनल  मेडिकल कलेजमा अध्ययनरत एमबिबिएस अध्ययनरत विद्यार्थीहरूले बाराको इटियाहीस्थित नेपाल राष्ट्रिय माविमा अध्ययनरत विद्यार्थीहरूलाई स्वास्थ्यसम्बन्धी सचेतना गराएका छन्। अमित चन्दको नेतृत्वमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई हिट स्ट्रोक, मानसिक स्वास्थ्य, महीनावारी स्वच्छता, सर्पदंशसम्बन्धी प्राथमिक उपचार, लागूपदार्थ दुरुपयोग, रक्तदान सम्बन्धमा सचेतना गराएका थिए।

कार्यक्रममा एमबिबिएसमा अध्ययनरत दीपक जोशी, सुदीप यादव, सर्वोच्च बराल क्षेत्री, शेम्फुङ्मा इङ्नाम, लुनिभा जोशी, रिया राजवंशी, अनुष्का प्रधान, प्रतीक्षा रानालगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here