जनमत पार्टीको छिपहरमाई गापामा अधिवेशन सम्पन्न भएको छ। छिपहरमाई गापा–५ मा केन्द्रीय सदस्य हरिहर साहको अध्यक्षतामा भएको अधिवेशनले कृष्ण कुशवाहाको अध्यक्षतामा २१ सदस्यीय गापा कमिटी गठन गरेको छ।
कमिटीको उपाध्यक्ष सुरेश महतो, हलिमा खातुन, सचिव अनिलकुमार सिंह, सहसचिव कर्मचारीसाह कानू, कोषाध्यक्ष खुर्सेद साह कानूलगायतका सदस्यहरू छन्।
अधिवेशनमा केन्द्रीय सदस्यहरू माधो सिंह, सिपु तिवारी, अरबिन्द सिंह, सुधीरनाथ पाण्डे, पर्सा अध्यक्ष ओमप्रकाश सर्राफलगायतको सहभागिता थियो।