अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुक्रवार वीरगंज कपडा बैंकले घण्टाघरमा शुभकामनासहित निश्शुल्क कपडा वितरण गरेको छ।
आइतवारदेखि शुक्रवारसम्म बिहान १०ः३० देखि ५ बजेसम्म वीरगंज–८ बाट गरीब र असहायलाई निश्शुल्क कपडा उपलब्ध गराउँदै आएको बैंकले दशैं, दीपावली, छठपर्व एवं प्रत्येक महीना घण्टाघरमा सर्वसाधारणलाई नयाँ, पुराना कपडा वितरण गर्दै आएको सचिव कन्हैया पटेलले बताए।
सोही क्रममा हिजो घण्टाघरमा आठ सयजनालाई नयाँ, पुराना कपडा वितरण गरिएको संस्थाका अध्यक्ष लालबाबू सिंहले बताए। कार्यक्रममा संस्थाका संरक्षक सुरेन्द्रप्रसाद कुर्मीसहित हुकुम सिंह राजपूत, रम्भा मिश्र, प्रकाश उपाध्याय, मोनिका सिंह, बृजेश्वरप्रसाद चौधरी, मनोज मिश्रलगायतको सहभागिता थियो।