बिहीवार भनिएको जीतपुरसिमरा उपमहानगरपालिकाको १०औं नगरसभा बैठक स्थगित भएको छ।
नगरप्रमुख राजन पौडेलले सूचना जारी गर्दै आजको नगरसभा बैठक स्थगित गरी शनिवार बोलाइएको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा सञ्चालन नियमावली, २०७५ को नियम ५ को उपनियम (१) बमोजिम नगरसभाको गणपूरक सङ्ख्या ५० प्रतिशतभन्दा बढी सदस्य उपस्थित हुनुपर्नेमा सो अनुसार उपस्थित नभएको कारणले आजको बैठक स्थगित गरिएको नगरप्रमुख पौडेलले बताए।
उनले सोही नियमावलीको नियम ५ को उपनियम (२) बमोजिम अर्काे बैठक असार ८ गते शनिवार जीतपुरमा हुने जानकारी गराएका छन्।