नोम चोम्स्कीकी पत्नी भालेरिया वासरम्यान चोम्स्कीले मङ्गलवार आफ्ना पतिको मृत्यु भएको समाचार असत्य भएको बताएकी छन्।
साओ पाउलोस्थित ‘बेनिफिसेन्सिया पोर्टुगुएसा अस्पताल’ले एक विज्ञप्ति जारी गर्दै चोम्स्कीलाई घरमैं उपचार जारी राख्न मङ्गलवार डिस्चार्ज गरिएको जनाएको छ।
९५ वर्षीय चोम्स्कीलाई ब्रजीलमा मस्तिष्क घातपछि अस्पताल भर्ना गरिएको थियो। मङ्गलवार चोम्स्की ‘एक्स’को सूचनाको ट्रेन्डिङमा थिए, किनकि यस अघि सार्वजनिक भएको उनको मृत्युका समाचारहरू गलत साबित भएका थिए।
‘ज्याकोबिन’ र ‘द न्यु स्टेट्सम्यान’ले चोम्स्कीका लागि मृत्युलेख प्रकाशित गरे तापनि चोम्स्कीले आप्mनो शीर्षक ‘वी रिमेम्बर नोम चोम्स्की’बाट ‘लेट्स सेलिब्रेट नोम चोम्स्की’मा परिवर्तन गरेका थिए।
‘द न्यु स्टेट्सम्यान’ले ग्रीसका पूर्वअर्थमन्त्री यानिस भारोफाकिसको निबन्ध पूर्णरूपमा हटाएको छ। ब्रजीलियन समाचार साइट ‘डियारियो डो सेन्ट्रो डो मुन्डो’ले पनि चोम्स्कीको मृत्युको घोषणा गरेको समाचार हटाएर उनको नयाँ समाचार प्रकाशन गरेको छ।
अस्पतालमा उनको मस्तिष्क घातको उपचार भइरहेको चोम्स्कीकी पत्नीले गत साता इमेलमार्फत एपीलाई बताएकी थिइन्।
चोम्स्की दम्पती सन् २०१५ देखि ब्रजीलमा बसोवास गर्दै आएका छन्। अमेरिकी विदेश नीतिको आलोचना गरेका नोम चोम्स्कीले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा दशकौं प्राध्यापन गरेका थिए।
सन् २०१७ मा उनी टक्सनस्थित एरिजोना विश्वविद्यालयको कलेज अफ सोसल एन्ड बिहेभियरल साइन्समा भर्ना भएका थिए। रासस