प्रस, वीरगंज, ३ असार/

वीरगंज उद्योग वाणिज्य सङ्घ र भारतको पूर्वी चम्पारणमा अवस्थित मोतिहारी चेम्बर अफ कमर्शबीच द्विपक्षीय व्यापार सम्बन्ध विस्तार तथा पर्यटन विकासका लागि छलफल भएको छ। मोतिहारीमा आयोजित मोतिहारी चेम्बर अफ कमर्शको अद्र्धवार्षिक कार्यक्रममा उद्योग, व्यापार, पर्यटनलगायतका क्षेत्रहरूको खस्किंदो अवस्थालाई दृष्टिगत गरेर नेपाल र भारतका सीमाञ्चल क्षेत्रमा रहेका औद्योगिक एवं व्यापारिक सम्बन्ध विस्तारमा छलफल भएको हो।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले वीरगंजको बढ्दो महत्व, यसले बोकेको सम्भावना र मुलुककै आर्थिक उन्नयनमा खेलेको भूमिका उजागर गर्दै यस क्षेत्रमा लगानी गर्न मोतिहारीका उद्योगीहरूलाई आग्रह गरे।

उनले नेपालमा औद्योगिक लगानी गर्न चाहनेहरूको लागि वीरगंज अत्यन्तै उपयुक्त ठाउँ रहेकोले लगानी गर्न आग्रह गरे। अध्यक्ष अग्रवालले नेपालको भौगोलिक विविधताका कारण विश्वका जुनसुकै मुलुकबाट आउने पर्यटकले रोजे अनुसारको हावापानी पाउने भएकोले जोसुकैको लागि नेपाल आकर्षणको केन्द्र बनेको बताउँदै पर्यटकको रूपमा नेपालका विभिन्न पर्यटकीय स्थलहरूको भ्रमण गर्न आग्रह गरे।

मोतिहारी चेम्बर अफ कमर्शका अध्यक्ष राजीव विजडमले वीरगंज नेपालको प्रमुख औद्योगिक क्षेत्र रहेको र कुल राजस्वमा करीब ५० प्रतिशतभन्दा बढी योगदान रहेको र औद्योगिक लगानीको लागि पर्याप्त सम्भावना रहेकोले इच्छुकहरूलाई वीरगंज क्षेत्रमा लगानी गर्न आग्रह गरे। साथै वीरगंज औद्योगिक विकासमा धेरै नै अगाडि बढिसकेकोले त्यहाँका उद्योगहरूले अपनाइरहेका प्रविधिहरू भिœयाउनसमेत आग्रह गरे। कार्यक्रममा दुवै चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी, व्यवसायीहरू सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here