प्रस, वीरगंज, ३२ जेठ/

उपकार सेवा नेपालले ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्धवृद्धा आश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेको छ।

आश्रममा आश्रित २३ जना अपाङ्ग, सुस्त मनस्थिति, वृद्धवृद्धा तथा बालबालिकाहरूको लागि दाल, चामल, नून, तेल, चिउरा, सर्फ, साबुन, डाइपर, सैनेट्रीपैड, जीरा, धनिया, खुर्सानी, बेसार मसला, चाउचाउ बिस्कुटलगायत सामान सहयोग गरेको छ।

संस्थाका अध्यक्ष विद्याकुमारी सरावगीले आश्रमका सदस्य रामबहादुर थिङलाई सो सामग्री हस्तान्तरण गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here