बैतडी, ३१ जेठ/रासस

बैतडीमा शुक्रवारदेखि टी–१० भेट्रान डिसिएल खुला क्रिकेट प्रतियोगिता शुरू भएको छ। आज भएको पहिलो खेलमा आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी विजयी भएको छ। उसले निङ्लाशैनी वारियरलाई आठ विकेटले पराजित गरेको हो।

निङ्लाशैनीले दिएको १४१ रनको लक्ष्य एकेडेमीले १९.३ ओभरमा दुई विकेटको क्षतिमा पूरा ग–यो। निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका लागि प्रतीक बोहराले अर्धशतक बनाए। ‘म्यान अफ दी म्याच’ घोषित भएका उनले अविजित ५१ रन बनाए। यस्तै, सुशील बोहोराले अविजित ३५ तथा दीपक बोहराले ३१ रन बनाए। बलिङतर्फ निङ्लाशैनीका मङ्गेश दयालले एक विकेट लिए।

यस अघि निङ्लाशैनी खेलमैदान, देहिमाडौंमा पहिले ब्याटिङ गरेको निङ्लाशैनी वारियरले निर्धारित १० ओभरको खेलमा आठ विकेट गुमाएर १४० रन बनाएको थियो। उसका लागि ऋषिकेश बोहराले अद्र्धशतकीय पाली खेल्दै ५८ रन बनाए। बलिङतर्फ निङ्लाशैनी ग्वाल्लेकका यज्ञराज भट्ट र डम्बर पुजाराले दुई/दुई विकेट लिए।

निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीले उक्त प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा ११ टोली सहभागी छन्। सहभागी टोलीलाई चार समूहमा विभाजन गरी खेल सञ्चालन भइरहेको आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहराले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here