आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएको छ।अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा बुधवार बिहान सवा पाँच बजेदेखि शुरू हुने भनिए तापनि निरन्तर वर्षा भएपछि खेल रद्द भएको हो। खेल रद्द भएसँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन्।
विश्वकपमा नेपालले दुई खेलमा एक अङ्क जोडेको छ भने तीन खेलबाट श्रीलङ्काको पनि समान एक अङ्क नै छ। नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ। विश्वकपको समूह ‘डी’मा रहेको दक्षिण अफ्रिका तीन खेलमा छ अङ्कका साथ सुपर आठमा प्रवेश गरिसकेको छ। बङ्गलादेश र नेदरल्यान्ड्सको समान दुई खेलबाट समान दुई/दुई अङ्क नै छ। नेपालले अब वेस्ट इन्डिजमा यही जेठ ३२ गते दक्षिण अफ्रिकासँग खेल्नेछ।