निजगढ नगरपालिका–२ मा खानेपानी ओभरहेड टङ्की निर्माण हुने भएको छ।बुधवार सिंगोल खानेपानी उपभोक्ता समिति निजगढले आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री उमाकान्त चौधरीले खानेपानी टङ्की निर्माणको शिलान्यास गरेका थिए। उपभोक्ता समितिले सवा दुई लाख लिटरको ओभरहेड टङ्की रु ९० लाखको लागतमा निर्माण हुने जनाएको छ।
कार्यक्रममा पूर्वमन्त्री कलावती पासवान, नेका बाराका उपसभापति मनोज भट्ट, निजगढका पूर्वनगरप्रमुख सुरेश खनाल, नगर सभापति नवराज तिमल्सिना, तरुण दलका आशिष लामा, जिल्ला अध्यक्ष दीपेन्द्र पटेल, शम्भु बुढाथोकीलगायतको सहभागिता थियो।