प्रदेश खेलकूद विकास बोर्डले आगामी असार ३ गतेदेखि प्रदेशस्तरीय विभिन्न खेलकूद प्रतियोगिता सञ्चालन गर्ने भएको छ। बोर्डद्वारा बुधवार आयोजित पत्रकार सम्मेलनमा बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले चालू आव २०८०/८१ मा बोर्डमार्फत कार्यान्वयन हुने खेलकूदको समय निर्धारण गरी खेलकूद प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।
बोर्डले असार ३ गते पारा खेलकूद प्रतियोगिता मोरङ र सुनसरी जिल्लामा, मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल मोरड्ढो विराटनगरमा असार १५ भित्र, प्रदेशस्तरीय पौडी प्रतियोगिता मोरङ र सुनसरी जिल्लामा असार १५ भित्र, प्रदेशस्तरीय महिला फूटबल प्रतियोगिता खोटाङ जिल्लामा असार ८ देखि १३ गतेसम्म, प्रदेशस्तरीय पुरुष फूटबल प्रतियोगिता ते–हथुम जिल्लामा असार ३ देखि ७ गतेसम्म आयोजना गर्ने भएको छ।
यसैगरी, प्रदेशस्तरीय कबड्डी प्रतियोगिता मोरड्ढो विराटनगरमा असार ७ गतेदेखि, महिला सेल्फ डिफेन्स तालीम तथा योजना प्रशिक्षण मोरङ, झापा र सुनसरी जिल्लाका विभिन्न विद्यालयमा असार १५ भित्र, प्रदेशस्तरीय कुरास प्रतियोगिता सुनसरी जिल्लामा असार १५ भित्र, प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता मोरड्ढो विराटनगरमा असार १३ र प्रशिक्षक विकासका लागि प्रशिक्षण कार्यक्रम मोरङ र ते–हथुममा असार १५ भित्र सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
सदस्यसचिव बस्नेतले लामो समयदेखि सम्पन्न हुन नसकेको खेलकूद प्रतियोगिता बाध्यताले अहिले आयोजना गर्न लागिएको र आगामी वर्षदेखि तोकिएको समयमा गर्ने प्रतिबद्धता व्यक्त गरे। उक्त खेलकूद प्रतियोगिता सम्पन्न गर्न रु एक करोड खर्च लाग्ने अनुमान गरिएको छ।
उनले मोरड्ढो गोठगाउँमा प्रदेश सरकार, पूर्वाञ्चल विश्वविद्यालय र स्थानीय निकायको सहयोगमा एक सय बिघा जग्गामा बहुउद्देश्यीय खेलकूद भवन निर्माण गरिने जानकारी दिए।