वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पराजित गर्दै आइसिसी टी–२० विश्वकप प्रतियोगितामा सुखद सुरुआत गरेको छ। गएराति सम्पन्न खेलमा आयोजक वेस्ट इन्डिजले समूह चरणको आफ्नो पहिलो खेलमा पपुवा न्यूगिनीलाई पाँच विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।
पपुवा न्यूगिनीले दिएको १३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा पाँच विकेट गुमाएर पूरा ग–यो। वेस्ट इन्डिजका लागि रोसटन चेजले २७ बलमा चार चौका र दुई छक्कासहित ४२ रन बनाए। त्यस्तै, ब्रान्डन किङले २९ बलमा सात चौकासहित ३४ रन जोडे। यसैगरी, निकोलस पुरनले २७ तथा रोभमन पावेल र आन्द्रे रसेलले समान १५/१५ रन जोडे। पपुवा न्यूगिनीका लागि असद भालाले दुई विकेट लिए भने अलेई नाओ, चाड सोपर र जोन करिकोले समान एक/एक विकेट लिए।
त्यस अघि गयानमा टस हारेर पहिले ब्याटिड्ढो निम्तो पाएको पपुवा न्यूगिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३६ रन बनाएको थियो। पपुवा न्यूगिनीका लागि सेसे बाउले सर्वाधिक ५० रनको योगदान दिए। उनले ४३ बलमा छ चौका र एक छक्कासहित ५० रन बनाएका थिए। किप्लिन डोरिगाले १८ बलमा २७ रन जोडे। असद भालाले २२ बलमा २१ रन बनाए। चाल्र्स अमिनीले १२ रन जोड्दा चाड सोपरले १० रन बनाए। वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र अलजारी जोसेफले समान दुई/दुई विकेट लिए भने अकिल होसेन, रोमारियो शेफेर्ड र गुडकेश मोतीले समान एक/एक विकेट लिए।