काठमाडौं, २० जेठ/रासस

राजधानीमा जारी आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बूढानीलकण्ठ भलिबल क्लबलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्डहलमा आइतवार भएको खेलमा आर्मीले बूढानीलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। आर्मीले खेलको पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–२० ले आफनो पक्षमा पा–यो। त्यस्तै, खेलको तेस्रो तथा अन्तिम सेट २५–२० ले जित्यो। प्रतियोगितामा आर्मीको यो लगातार दोस्रो जीत हो। पहिलो खेलमा आर्मीले कोशी प्रदेशलाई ३–० को सेटमा पराजित गरेको थियो।

जीतसँगै आर्मीले दुई खेलमा छ अङ्क जोडेको छ। दुई खेल खेलको बूढानीलकण्ठ अङ्कविहीन छ। बूढानीलकण्ठ पहिलो खेलमा हेल्प नेपाल स्पोट्र्स क्लबसँग ३–१ सेटमा पराजित भएको थियो।

यसैगरी, आज नै सम्पन्न महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लबले न्यू डायमन्ड स्पोट्र्स क्लबलाई ३–१ तथा एभरेस्ट भलिबल क्लबले कर्णाली प्रदेशलाई ३–० को सेटमा पराजित गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here