प्रस, वीरगंज, १६ जेठ/

वीरगंज महानगरपालिकाले हिजो दुईवटा अस्पतालको अनुगमन गरेको छ। महानगरपालिकामा रहेका अस्पतालहरू वार्षिकरूपमा नवीकरण गर्नुपर्ने प्रावधानअनुरूप महानगरको स्वास्थ्य महाशाखामा परेको निवेदनमध्ये हिजो वीरगंज–१३ स्थित नीलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र वीरगंज–८ पानीटङ्कीस्थित प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टरमा अनुगमन गरिएको थियो।

वीरगंज महानगर स्वास्थ्य महाशाखा अन्तर्गत वडाध्यक्ष्F उमाशङ्कर तिवारीको संयोजकत्वमा गठित अनुगमन समितिले दुईवटा अस्पतालको अनुगमन गरेको थियो। अनुगमनको क्रममा एक/एक थान आठ थरीका मिति सकिएको औषधि फेला परेको र सोलाई नष्ट गर्न निर्देशन दिइएको थियो।

अस्पताल पक्ष्Fले बिरामीले आइसियू र वार्डहरूमा राख्ने औषधि मिति सकिएको फेला परेको र त्यसलाई व्यवस्थापन गरिने बताएको छ। अनुगमन गरेर अस्पतालको नवीकरण गर्ने प्रावधान छ।

यसै क्रममा महानगरमा अहिलेसम्म छवटा अस्पतालको नवीकरण गर्न आवेदन परेको र सबैको अनुगमन गरेर नवीकरण गरिने स्वास्थ्य महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here