काठमाडौं, १३ जेठ/ रासस

नेपाल भलिबल सङ्घ र केडिया अर्गनाइजेशन प्रालिबीच नेपाल पुरुष भलिबल फ्रेन्चाइजी लिगको आयोजन गर्ने विषयमा सम्झौता भएको छ।

नेपाल भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबहादुर चन्द र केडिया अर्गनाइजेशन प्रालिका प्रबन्ध निर्देशक विमलकुमार केडियाले सोमवार पुरुष फ्रेन्चाइजी लिग आयोजना गर्ने विषयमा हस्ताक्षर गरे। उक्त सम्झौता सात वर्षका लागि हुनेछ। सझौता अनुसार केडिया अर्गनाइजेशनले प्रत्येक वर्ष भलिबल सङ्घलाई रु ३५ लाख उपलब्ध गराउनेछ।

नेपाल भलिबल सङ्घले नेपालमा पहिलोपटक पुरुष फ्रेन्चाइजी लिग गर्न प्रयास गरेको सङ्घका अध्यक्ष चन्दले बताए। उनले उक्त प्रतियोगिता आगामी माघ/फागुन महीनामा आयोजना गर्ने बताउँदै उक्त प्रतियोगितको सम्पूर्ण व्यवस्थापन केडिया अर्गनाइजेशनले गर्ने उल्लेख गरे। होम एन्ड अवेका आधारमा खेलाइने उक्त प्रतियोगितामा विभिन्न सात टोलीलाई सहभागी गराइने तयारी रहेको आयोजकले जनाएको छ।

त्यसैगरी, केडिया अर्गनाइजेशनका प्रबन्ध निर्देशक केडियाले भलिबल खेलको विकासका लागि सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गदै भलिबल राष्ट्रिय खेल भएकोले यसको विकास र विस्तार हुनुपर्नेमा जोड दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here