प्रस, वीरगंज, १३ वैशाख/

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको श्रीकृष्ण प्रणामी चोक शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगंज महानगरपालिका वडा नं १६ स्थित लक्ष्मीनारायण मन्दिर सञ्चालक समितिलाई सहयोग प्रदान गरेको छ।

सहयोग अन्तर्गत र्बैकले सो मन्दिर सञ्चालक समितिका अध्यक्ष विजयकुमार सिंह बस्नेतलाई २५ वटा कुर्सी र एक थान स्पिकर प्रदान गरेको छ। बैंकको मधेस प्रदेश प्रमुख नितेश खड्गी, क्लस्टर प्रमुख सन्नी खतिवडा र शाखा प्रमुख प्रशान्तकुमार कर्णले सहयोग सामग्री हस्तान्तरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here