सिम्रौनगढ नगरपालिका–७ कङ्काली मन्दिर परिसरमा शनिवार निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
कङ्काली मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको शिविरमा ३५६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरमा सबैभन्दा बढी आँखाका बिरामीहरू सहभागी भएका कङ्काली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रजापतिले बताए।
वीरगंज दृष्टि आँखा अस्पतालका डा हरिशङ्कर शर्माको नेतृत्वमा चारजना प्राविधिकको सहयोगमा सञ्चालन गरिएको शिविरमा आँखा, नाक, कान र घाँटीका बिरामीहरूको चेकजाँच गरिएको थियो।