प्रस, सेढवा, १० जेठ/

जीराभवानी गाउँपालिकामा सञ्चालित दोस्रो जीराभवानी मेयरकप फूटबल प्रतियोगिता अन्तर्गत बिहीवार भएको अन्तिम सेमिफाइनल खेलमा युनिक युवा क्लब, सढी विजयी भई फाइनलमा प्रवेश गरेको छ । सढीले  युवा प्रगति समाज, सेढवालाई एक गोलका विरुद्ध चार गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । यस खेलमा सढीका जर्सी नं १७ का खेलाडी आदित्य चौधरी ‘म्यान अफ दी म्याच’ घोषित भए ।

प्रतियोगिताको फाइनलमा ब्रह्मबाबा युवा क्लब, सहजानपुर र युनिक युवा क्लब, सढीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल शनिवार हुनेछ । प्रतियोगिताको विजेता टीमलाई नगद ५० हजार र उपविजेतालाई २५ हजार नगदसहित ट्रफी प्रदान गरिने आयोजक क्लबका सदस्य चक्रधारी चौधरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here