प्रस, वीरगंज, ८ जेठ/

कर्मचारीहरूबीचको आपसी विवादका कारण चालू आवमा कृषि ज्ञान केन्द्र, पर्साको करोडौं रकम फ्रिज हुँदैछ। सो कार्यालयमा चालू आवमा आठ करोड रकम फ्रिज हुने अवस्थामा छ।

सबैभन्दा बढी जनघनत्व भएको मधेस प्रदेशका आठवटा जिल्लामा बसोबास गर्ने अधिकांश कृषिमा आधारित छन्। केन्द्रले किसानहरूको लागि चालू आवमा आएको बजेट पर्याप्त मात्रामा खर्च गर्न सकेको छैन। चालू आवमा सङ्घ सरकारले कुल बजेटको २५.९३ प्रतिशत रकम कटौती गरेको अवस्थामा कर्मचारीहरूबीचको आपसी विवादले उपलब्ध बजेट पनि खर्च नहुने बताइन्छ।

कृषि ज्ञान केन्द्र, पर्साका प्रमुख  कमलदेव कुशवाहाले कृषकहरूको लागि काम नगरेर अनावश्यक खर्च गरेको कर्मचारी स्रोतले बताएको छ। चालू आवको अन्तिम समय वैशाखमा कार्यालयमा हाजिर भएका प्रमुख कुशवाहाले किसानहरूको लागि केही नगरी अनावश्यक कार्यमा बजेट खर्च गरिरहेको स्रोतले जनाएको छ।

पर्साका किसानहरूको लागि आएको बजेट कृषि कार्यमा खर्च नगरी प्रमुख कुशवाहाले अन्य अनावश्यक कार्यमा खर्च गरिरहेका छन्।

समाचार स्रोत अनुसार कृषि सडक कार्यक्रममा तीन करोड, कस्टम हायरिङ सेन्टरको लागि ५० लाख, कृषि विकास कार्यक्रमको लागि ३७ लाख, ब्लक कार्यक्रमको लागि २० लाख, स्यालो ट्युवेल जडानको लागि एक करोड ७५ लाख, रोटाभेटर, थ्रेसरको लागि १० लाख, बजार सेड निर्माणको लागि ५० लाख, दलहन प्रवद्र्धन कार्यक्रमको लागि पाँच लाख, तेलहन कार्यक्रमको लागि ५० लाख, बगरखेतीको लागि पाँच लाख, फलपूmलखेतीको लागि दुई लाख, तालीम हल मर्मतको लागि पाँच लाख, जैविक मल कार्यक्रमको लागि २० लाख, खुद्रा विषादी तालीमको लागि तीन लाख गरी चालू आवमा आठ करोड रकम बराबरको कार्यक्रम सञ्चालन हुनुपर्नेमा  नभएकोले सो बराबरको रकम फ्रिज हुने सम्भावना छ।

सो कार्यालयमा चालू आवमा चारजना कार्यालय प्रमुख हेरफेर हुँदा लक्षित कार्यक्रममा बजेट खर्च हुन नसकेको बताइन्छ। चालू आवको अन्तिम समयमा लक्षित कार्यक्रममा बजेट हुन नसक्ने कर्मचारीहरू बताउँछन् छन्।

तत्कालीन कार्यालय प्रमुख मुनीलाल प्रसादले नियमित अवकाश लिएपछि शङ्कर साह प्रमुख भएका थिए। उनी १०औं तहमा बढुवा भएपछि सरुवा भए। त्यसपछि हरिशङ्करप्रसाद जयसवाललाई कार्यालय प्रमुख बनाइए पनि उनलाई  प्रदेश सरकारले बजेट सञ्चालनको अधिकार नै नदिई उनको सरुवा  भयो।

वैशाखमा आएका हालका कार्यालय प्रमुख कमलदेवप्रसाद कुशवाहाले समय थोरै भएकोले अधिकांश बजेट फ्रिज हुने बताए। यस विषयमा कार्यालय प्रमुख कमलदेव कुशवाहाले समय कम भएकोले सम्भव भएजति काम गर्ने बताए। उनले विगतका कार्यालय प्रमुखले के गरे, त्यो आपूmलाई जानकारी नभएको बताउँदै थोरै समयमा धेरै काम गर्ने दाबी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here